Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वका भौगोलिक विविधता र जनजीवन


विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : विश्वमा सबै ठाउँका मानिसहरूको जीवनशैली फरक फरक छ । एस्किमोहरू हिउँको घरमा बस्छन् । शेर्पाहरू बक्खु लगाउँछन् । मासुको परिकार बढी खान्छन् । चियामा नुन र घिउ हाल्छन् । इटली, फ्रान्स आदि देशमा मानिसहरू बढी उद्यमी हुन्छन् । यहाँ प्रशस्त रक्सीका उद्योगहरू चलेका छन् । अमेजनवेंसीमा पिग्मीज फिरन्ते छन् र परम्परागत जीवनशैली अवलम्बन गरेका छन् । अरबका मानिसहरू जीउ छोपिन लुगा लगाउँछन्, दाह्री पाल्छन् । मुसलमान महिलाहरू बुर्का लगाउँछन् । मैदानी भागका मानिसहरू खेतीपाती बढी गर्छन् । गर्मी ठाउँका मानिसहरू खुकुला लुगा लगाउँछन् । बढी मानिसहरू शाकाहारी खाना खान्छन् । यी सबै फरक ठाउँअनुसारको भौगोलिक विविधताले गर्दा भएको हो । पहाडी प्रदेशमा बाटो घाटोको सुविधा हुँदैन । कृषि कम हुन्छ । यस कारण मानिसहरूले खेतीपातीका साथै पशुपालन व्यवसाय पनि गर्छन् । जीवन धान्न कठिन परिश्रम गर्नुपर्ने हुन्छ । त्यसैले उनीहरू फुर्तिला, आटिला हुन्छन् । मनोरञ्जन गर्न मेलापात जाने गर्छन् । स-सानो जमघट गरी नाचगान गरी मनोरञ्जन गर्छन् । तराईमा जीवन सुगम हुन्छ । यहाँ खाद्यान्नको कमी हुँदैन । बाटोघाटोको सुविधा हुन्छ । त्यसैले सवारी साधन प्रशस्त पाइन्छ । विभिन्न चाडपर्व गरी मनोरञ्जन गर्छन् । धार्मिक स्थानहरूमा समय समयमा मेला लाग्दछ । मरुभूमिमा दिउँसो गर्मी र राति चिसो हुन्छ । किनकि बालुवा चाँडै तात्छ र चाँडै चिसो हुन्छ । गर्मी र चिसो छल्न यहाँका मानिसहरू जीउ ढाक्ने लुगा लगाउँछन् । पुरुषहरू गर्मीबाट जोगिन दाह्री पाल्छन् । यसकारण धरातलको बनोट, हावापानी, उपलब्ध प्राकृतिक सम्पदा र सुविधा आदिले गर्दा मानिसहरूले बाँच्नका लागि सोही अनुसारको जीवनशैली अवलम्वन गर्नुपर्छ । त्यसैले विश्वमा एकै प्रकारको जनजीवन नभएको हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)
2.)दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तुत गर्नुहोस् ।
3.)दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् ।
4.)‘दलित हुनु सामाजिक विभेदको परिणति हो । त्यसलाई आधार मानेर आफ्नै बाजुभाइ दिदीबहिनीहरू माथि भेदभाव गर्नु दण्डनीय छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
5.)नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
6.)समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस् ।
7.)तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।
8.)बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि गर्नुहोस् ।
9.)नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनामा मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस् । क्र. सं. नेपाल अधिराज्यको संविधान २०४७ नेपालको संविधान २०७२ मिल्छ मिल्दैन १. उ
10.)नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस् ।