Search answer for your unanswered questions.

Class : 11
Unit : वर्तमान विश्व परिवेश र सामाजिक व्यवहार


‘समकालीन विश्वभाषिक, धार्मिक, वर्गीय, लैङ्गिक र राजनीतिक प्रणालीगत विविधता जस्ता सामाजिक विविधताहरूले भरिपूर्ण छ।’ आफ्नो तर्कसहित व्याख्या गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : विश्वका प्रत्येक मुलुकमा आफ्नै विशिष्ट सामाजिक, धार्मिक तथा राजनैतिक संरचना छ। विश्वको जनसङ्ख्याको कम्तीमा १ प्रतिशतभन्दा बढीले आस्था राख्ने धर्महरू इसाई, इस्लाम, हिन्दू र बौद्ध हुन् । त्यस्तै, जापानमा बौद्ध बाहेक अर्को धर्मपनि प्रचलनमा छ । चीनमा पनि कतिपय धर्महरू प्रचलनमा छन् । भारतका पारसीहरूले अलग धर्म मान्छन् । कतै कतै मानिसहरूले बोन धर्म मानेको पनि सुनिन्छ । नेपालमा मात्र सयभन्दा बढी जातजातिहरू रहेका छन् । विश्वमा अनेक जातजातिहरूको बसोबास छ । प्रत्येक जातजातिहरुको आफ्नै भाषा छ । UNESCO ले सन् २०१६ मा संसारमा करीब ६ हजार पाचँसय भन्दा बढी भाषाहरु बोलिन्छन् भनी उल्लेख गरेको थियो । आर्थिक वर्ग विभाजन पनि मुलुक अनुसार फरक फरक छ । तापनि उच्च, मध्यम र निम्न वर्ग भनेर अर्थशास्त्रीहरुले परिभाषित गरेका छन् । यस्तै भूमिपति, भूमिहीन, उद्योगपति, मजदुर, किसान आदि पनि वर्ग विभाजनमा राख्न सकिन्छ । संसारमा एकै प्रकारको राजनैतिक प्रणाली छैन । बेलायतमा संवैधानिक राजतन्त्र छ । नेपालमा तथा भारतमा लोकतन्त्र छ । अमेरिकामा पनि लोकतन्त्र छ । विश्वमा धेरै देशहरुमा प्रजातन्त्र छ । जापान र स्पेनमा राजतन्त्र छ । रुस र चीनमा कम्युनिष्ट शासन प्रणाली छ । यसरी विश्वमा पूर्ण प्रजातन्त्र, नियन्त्रित प्रजातन्त्र, संवैधानिक राजतन्त्र, सैनिक तानाशाह, पूर्ण राजतन्त्र आदि विभिन्न थरिका राजनैतिक प्रणालीका व्यवस्थाहरु कायम छन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)प्रेरिजलाई विश्वकै अन्न भण्डार भनिन्छ ।
2.)अष्ट्रेलियाले ऊन निर्यात गर्छ ।
3.)भूमध्यसागरीय क्षेत्रलाई विश्वको बगैँचा भनिन्छ ।
4.)उष्णतृण भूमि क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ।
5.)पहाडी क्षेत्रमा साहसिक पर्यटन विकास गर्न सकिन्छ ।
6.) पहाडी भूभागभन्दा मैदानी भूभाग बढी विकसित हुन्छ ।
7.)नेपालको भौगोलिक प्रदेश अनुसारका बिशेषताहरु तलको तालिकामा भर्नुहोस् l
8.)‘नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।‘ यस भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस् ।
9.)आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस्‌ ।
10.) हिमाल, पहाड र तराईबिचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस्‌ ।