Search answer for your unanswered questions.

Class : 11
Unit : वर्तमान विश्व परिवेश र सामाजिक व्यवहार


‘बढ्दो विश्वव्यापीकरण र बसाइँसराइका कारण विश्वका मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : यातायात, सञ्चार, विज्ञान र प्रविधिको विकासले विश्वलाई एउटा सिङ्गो गाउँ बनाइदिएको छ । विश्वको कुनै ठाउँ टाढा रहेन । विश्वको कुनै पनि ठाउँ जान गाह्रो छैन । विश्वको कुनै ठाउँमा सम्पर्क गर्न कठिन छैन । नेपालमा आफ्नै घरमा बसेर अमेरिकामा बसेका आफन्तसँग कुराकानी गर्न सकिन्छ । उहाँको स्वास्थ्यबारेमा उहाँलाई नै भिडियो मार्फत् हेरी जानकारी लिन सकिन्छ । रोजगारी, शिक्षा, स्वास्थ्य, उच्च जीवनस्तर आदि कारणहरूले गर्दा मानिसहरू आफ्नो देश छोडी अन्य देशमा गई बसेका छन् । यसरी बस्दा बसेको ठाउँका मानिसहरूको सामाजिक तथा सांस्कृतिक गतिविधि हेर्न पाइन्छ । कालान्तरमा त्यस्ता गतिविधिहरूमा सामिल पनि भइन्छ । जुन ठाउँमा गयो, त्यहीँको सामाजिक परिवशेमा रमाउनु पर्छ । यसरी भिन्न भिन्न सामाजिक तथा सांस्कृतिक विशेषताहरू भएका मानिसहरूबिच अन्तर सम्बन्धले सामाजिक तथा सांस्कृतिक विशेषता आदान प्रदान हुन्छ । एउटा मुलुकको सामाजिक तथा सांस्कृतिक विशेषता अर्को मुलुकमा पनि विकसित हुन्छ । जस्तै: जनवरी १ का दिनलाई संसारका कतिपय मुलुकमा नयाँ वर्षको रूपमा मनाइन्छ । अमेरिका, क्यानाडा, भारत, न्युजील्याण्ड, अष्ट्रेलिया आदि देशमा नयाँ वर्ष धुमधामसँग मनाइन्छ । क्रिसमस मनाउने काम आज भारत, नेपाल, चीन आदि देशहरूमा पनि हुन्छ । बौद्ध गुम्बा नेपालमा मात्र होइन, भारत, कम्बोड़िया थाइल्याण्ड, जापान आदि देशहरूमा पनि देखिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)ऊँटलाईं मरुभूमिको जहाज भनिन्छ ।
2.)प्रेरिजलाई विश्वकै अन्न भण्डार भनिन्छ ।
3.)अष्ट्रेलियाले ऊन निर्यात गर्छ ।
4.)भूमध्यसागरीय क्षेत्रलाई विश्वको बगैँचा भनिन्छ ।
5.)उष्णतृण भूमि क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ।
6.)पहाडी क्षेत्रमा साहसिक पर्यटन विकास गर्न सकिन्छ ।
7.) पहाडी भूभागभन्दा मैदानी भूभाग बढी विकसित हुन्छ ।
8.)नेपालको भौगोलिक प्रदेश अनुसारका बिशेषताहरु तलको तालिकामा भर्नुहोस् l
9.)‘नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।‘ यस भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस् ।
10.)आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस्‌ ।