Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालका पर्यावरणीय क्षेत्रहरु


‘नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।‘ यस भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालमा विकासको सम्भावना बढी छ । हाम्रो देशमा रहेको विभिन्न भौगोलिक अवस्थाको सदुपयोग गर्न योजना चाहिएको छ । हिमाली प्रदेशमा पर्वतारोहण, पदयात्रा आदि पर्यटनको सम्भावना छ । विदेशीहरु हिमाली दृश्य अवलोकन गर्न चाहन्छन त्यसलाई प्रोत्साहित गर्नुपर्छ । हिमाली क्षेत्रमा जडीबुटी खेती व्यवसायिक रुपमा विकास गर्न सकिन्छ । यार्सागुम्बा जस्ता अन्य महङ्गा जडीबुटीको खेती विस्तार गर्न सकिन्छ । लेकाली घाँस पाइने ठाउँमा चौरी, भेडा तथा च्याङ्ग्रा पाल्न सकिन्न । कतै कतै अलपाका पल्न थालिएको पनि समाचार सुनिन्छ । चौरीको दूधबाट चीज र छुर्पी बनाई निर्यात गर्न सकिन्छ । ठण्डा प्रदेश भएकाले यहाँ स्याउ, केशर, अङ्गर आदिको फलफूल खेती गर्न सकिन्छ । हिमाली छाँगो र नदीबाट प्रसस्त जलविद्युत उत्पादन गर्न सकिन्छ । जलविद्युत् छिमेकी देशहरूमा निर्यात गरी हामी प्रशस्त आयथार्जन गर्न सक्छौं । पर्वतीय क्षेत्रमा चिया, अलैंची, भटमास, कफी, किवी आदि खेतीको विकास गर्न सकिन्छ । रमणीय प्राकृतिक दृश्य अवलोकनका लागि पदयात्रा कार्यक्रम सञ्चालन गर्न सकिन्छ । कतिपय ठाउँबाट सूर्योदयको दृश्य हेर्नका लागि भ्यूटावर बनाई पर्यटक आकर्षित गर्न सकिन्छ । र्याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, क्यानोईग जस्ता साहसिक पर्यटनको सम्भावना पनि प्रशस्त छ । विभिन्न स्थानमा रहेका धार्मिक स्थान अवलोकनका लागि धार्मिक पर्यटन विकास गर्न सकिन्छ । पहाडी भूभागमा गाई वस्तु र बाख्रा पालन पनि आयस्रोत बन्न सक्छ । यहाँ उम्रने लोक्ताबाट कागज तयार गरिदैछ र यसलाई अझ विकास गर्न सकिन्छ । कतिपय औषधिजन्य तथा मसलाजन्य रुख विरुवाहरूको खेती विकास गर्न सकिन्छ । तराई क्षेत्र समथर छ । यहा नदीले ओछ्याएको मलिलो माटो पाइन्छ । यहाँ प्रशस्त खेतीपाती हुन्छ । यहाँ खाद्यान्न र नगदेबालीको खेती हुन्छ । कृषि विकासका लागि योजनाहरू कार्यान्वयन गरिएमा तराईमा प्रशस्त खाद्यान्न उत्पादन गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ । यसबाट खाद्यान्न आयातबाट हुने नोक्सानी जोगाउन सकिन्छ । तराईमा बगेका नदीनालाका पानीलाई सिंचाइमा प्रयोग गरी खेती विकास गर्न सकिन्छ । नदी तथा पोखरीमा माछा पालन विकास गर्न सकिन्छ । तराई क्षेत्रमा कुखुरा पालन, गाईवस्तु पालन, बाख्रापालन आदि पनि विकास गर्न सकिन्छ । तराईमा बाक्लो जनसङ्ख्या भएकाले उत्पादित वस्तुको खपत सजिलै हुन सक्छ । उखु, जुट, चिया जस्ता नगदे बालीको उत्पादनमा वृद्धि गरी चिनी मिल, जुट मिल र चिया उद्योग बढाई रोजगारी सृजना गर्न सकिन्छ । तराई र भित्री मधेशमा रहेका वनहरूलाई उपयोग गरी राष्ट्रिय उधान स्थापित गरी स्वदेशी तथा विदेशी पर्यटकहरू आकर्षित गर्न सकिन्छ । उद्योगलाई व्यवस्थित गरी गुणस्तरमा सुधार गर्दै लगेमा हामी उत्पादित सामानहरू निर्यात गर्न पनि सक्छौं । तराईमा रहेका जानकी मन्दिर, गढीमाइ, छिन्नमस्ता जस्ता धार्मिक स्थलहरूमा धार्मिक पर्यटक विकास गर्न सकिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)वर्तमान नेपालको सविधानका राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् ।
2.) पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् ।
3.)समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
4.)पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।
5.) प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।
6.)निर्वाचन भनेको के हो ?
7.)आमनिर्वाचन भनेको के हो ?
8.)मतदाता भनेको के हो ?
9.)पहिलो हुने निर्वाचन प्रणाली कस्तो निर्वाचन प्रणाली हो ? प्रष्ट पार्नुहोस् ।
10.)समानुपातिक निर्वाचन पद्धतिको छोटो विवरण दिनुहोस् ।