Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालका पर्यावरणीय क्षेत्रहरु


हिमाल, पहाड र तराईबिचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस्‌ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : हिमाल, पहाड र तराईको भौगोलिक बनोट फरक परे पनि यी तिनै प्रदेशको एकअर्कासँग घनिष्ठ सम्बन्ध रहेको छ । जस्तै : i) हिमाली क्षेत्र अग्लो क्षेत्र हो । दक्षिणबाट वहने बाफिलो वायुलाई छेलेर देशैभर वर्षा गराउन सघाएको छ । ii) उत्तरबाट वहने चिसो वायुलाई छेलेर हिमालले बढी जाडो हुनबाट जोगाएको छ । iii) हिमाली प्रदेशमा पाइएका जडीबुटीहरूले देशैभरका मानिसहरूका लागि औषधि बनाउन प्रयोग हुन्छ । iv) हिमाली नदीबाट उत्पादित जलविद्युत देशैभर प्रयोग भएको छ । v) हिमालबाट बगेका नदीहरूको पानी तराईमा सिँचाइका लागि प्रयोग भएको छ। vi) हिमाली प्रदेशमा फलेका स्याउको स्वाद पहाडी प्रदेश र तराई प्रदेशका मानिसहरूले, चाख्न पाएका छन्‌ । vii) पहाडी प्रदेशमा फलेका चिया, सुन्तला र अनार आदि तराईमा उपभोग गरिन्छ । viii) पहाडी प्रदेशमा फलेका तरकारीहरू तराईमा बिक्री हुन्छ । ix) तराईमा फलेका खाद्यान्न पहाड र हिमाली भागमा आपूर्ति हुन्छ । x) तराईमा फलेको आँप पहाड र हिमालमा जान्छ । xi) तराईमा उत्पादित सरसामान पहाड र हिमाली भागसम्म जान्छ । xii) गर्मीमा तराईका मानिसहरू गर्मी छल्न र मनोरञ्जन गर्न पहाडी क्षेत्र जान्छन्‌ । पहाडी क्षेत्रका xiii) मानिसहरू जाडो छल्न र उच्च शिक्षाका लागि तराईतिर भर्छन्‌ । यसरी आन्तरिक पर्यटनको विकास हुन्छ, व्यापारको विकास हुन्छ जसबाट राष्ट्रिय एकता बलियो हुन्छ। .
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
2.)पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।
3.) प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।
4.)निर्वाचन भनेको के हो ?
5.)आमनिर्वाचन भनेको के हो ?
6.)मतदाता भनेको के हो ?
7.)पहिलो हुने निर्वाचन प्रणाली कस्तो निर्वाचन प्रणाली हो ? प्रष्ट पार्नुहोस् ।
8.)समानुपातिक निर्वाचन पद्धतिको छोटो विवरण दिनुहोस् ।
9.)नेपालमा निर्वाचनमा मतपत्र बदर भएको कुरा सुनिन्छ, यस्तो किन भयो होला ? कारण खोज्नुहोस् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
10.)राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कसरी हुन्छ ?