Search answer for your unanswered questions.

Class : 11
Unit : कृषियुगको सुरुवात र विकास


‘कृषि युग व्यवस्थित बसोबास र सभ्य विकासको जग हो ।’ पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कैषियुगको सुरुवात भएपछि बसोबास पनि स्थायी हुँदैगयो । खाद्यान्नको प्रमुख स्रोतको रूपमा रहेको खेतीयोग्य जमिन अचल भएकाले मानिसहरुलाई बाध्य भई खेतीकै छेउछाउमा बस्न बाध्य बनायो । बाली लाउने, हेरचार गर्ने तथा बाली काट्ने समयसम्म खेत छोडेर अन्यत्र जान नसक्ने स्थितिले गर्दा व्यवस्थित बसोबासको क्रम सुरु भयो । मानिसहरुले ढुङ्गाकै भएपनि घर बनाउन थाले । घर बनाउन बढी समय र श्रम पनि खर्चिन थालियो । नील नदीको उपत्यकामा खेतीमा सिँचाइ गर्ने र नहर बनाउने काम पनि सुरु भएको देखिन्छ । मेसोपोटामियामा पनि टाइग्रिस र युफ्रेटिस नदीबाट आउने बाढीलाई रोक्न अवरोधहरु बनाइएको पनि भेटिएको छ । नयाँ नयाँ बीउहरु सङ्कलन गरी खेतीपाती गर्न थालियो । स्थायी बसोबासले परिवारको आकारमा वृद्धि भयो । कृषि कार्याले गर्दा समयको बचत भयो । यसले नयाँ खोज र नयाँ अाविष्कारका क्षेत्रहरू खुल्दै गए । खाद्यवस्तु उत्पादन प्रशोधन तथा भण्डारणका नयाँ प्रविधिहरुको विकास भयो । कृषि उत्पादन बिक्रीका लागि र आवश्यक सामान खरि‌दका लागि बजारको विकास भयो । श्रम विभाजनले विशिष्ट रुप लिँदै गयो । नयाँ नयाँ वर्गहरु समाजमा देखा परे । धर्मप्रतिको अवस्थाको विकास भयो । लवाई खुवाई बसाइँको व्यवस्थित शैली विकसित हुँदै गयो । यसैले कृषियुगलाई व्यवस्थित बसोबास र सभ्य जीवन विकासको जग भनिएको हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)इटली र ग्रिसमा फलफूल खेती गरिन्छ।
2.) हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेंसीतर्फ झरिरहेका छन् ।
3.)गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।
4.)विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।
5.)विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसह
6.)भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।
7.)तपाइँको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा भौगोलिक कारणहरू के के जिम्मेवार होलान्‌, खोजी गरी प्रतिवैदन तयार पार्नुहोस्‌।
8.)अमेजन वेंसीमा बाक्लो जङ्गल पाइन्छ ?
9.)भूमध्यरेखीय क्षेत्रमा पातलो बस्ती पाइन्छ।
10.)टायगा प्रदेशमा कागज बनाउने काम गरिन्छ ।