Search answer for your unanswered questions.

Class : 11
Unit : मानव समाजको विकासक्रम


पुरापाषाण जीवनशैलीको छौटो बिवरण दिनुहोस्‌।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : आजभन्दा करिब २५ लाख वर्ष अगाडिदेखि १० हजार वर्ष अघिसम्मको कालखण्डलाई पुरापाषाण युग भनिन्छ । यो काल खण्डलाई तीन खण्डमा बाँडिएको छ । जस्तै : i) निम्न पुरापाषाण जीवनशैली:- यो सबभन्दा पुरानो जीवनशैली मानिन्छ । मानिसहरू ढुङ्गाकै औजार बनाउँथे । ढुङ्गे औँजारहरू प्रायः सरल र भद्दा हुन्थे । मुख्य औँजार हाते बञ्चरो थियो । मानिसहरू झुण्डमा बस्थे । बढी घुमन्ते थिए । मानिसहरू गुफा, रुखको छहारीमुनि वा नदी किनारामा प्राय: बस्थे । यो कालखण्डको मुख्य मानव प्रजाति होमोइरेक्टस थियो । ii) मध्य पुरापाषाण जीवनशैली:- यो कालखण्ड करिब २ लाख वर्षअघिदेखि ४० हजार वर्ष अघिसम्मको थियो । ढुङ्गाका हतियार पहिलेभन्दा खाँरिएका थिए । ढुङ्गालाई फुटालेर निस्केका चोइटालाई धारिलो बनाउने कला मानिसले जानिसकेका थिए । यस बाहेक ढुङ्गालाई बाँधेर हाते बन्चरो बनाई खुर्कन, खाडल खन्न, ताछ्न, प्वाल पार्न आदि काममा प्रयोग गर्न थालेको पत्ता लागेको छ । यो कालखण्डमा नियान्डरथल प्रजातिको विकास भएको थियो । iii) उच्च पुरापाषाण जीवन शैली:- यो काल खण्ड करिब ४० हजार वर्षअघिदेखि १० हजार बर्ष अघिसम्मको हो । यो कालखण्डमा होमोसेपिन्यस मानव प्रजातिको विकास भएको थियो । यस युगमा मानिसहरूले ढुङ्गाका चोइटाहरूबाट धारिला औँजारहरू बनाउन जानिसकेका थिए । उनीहरूले ढुङ्गाबाट परिस्कृत ब्लेड जस्ता हतियार विकास गरी ब्युरिन, भाला, तीर आदि औँजारहरू बनाई प्रयोगमा ल्याउँथै । यिनीहरू चित्रका माध्यमबाट आफ्ना अभिव्यक्तिहरू प्रस्तुत गर्थे । यस्ता चित्रहरू युरोप, एसिया तथा अफ्रिकाका विभिन्न गुफाहरूमा भेटिएका छन्‌ । यो कालखण्डमा कपडा लगाउने बानी तथा जङ्गली जनावर पक्रेर पाल्ने काम आदि सुरु भएको पनि मानिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ ।
2.) समुद्री किनारमा ठुला सहरहरू रहेका छन् ।
3.)इटली र ग्रिसमा फलफूल खेती गरिन्छ।
4.) हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेंसीतर्फ झरिरहेका छन् ।
5.)गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।
6.)विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।
7.)विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसह
8.)भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।
9.)तपाइँको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा भौगोलिक कारणहरू के के जिम्मेवार होलान्‌, खोजी गरी प्रतिवैदन तयार पार्नुहोस्‌।
10.)अमेजन वेंसीमा बाक्लो जङ्गल पाइन्छ ?