Search answer for your unanswered questions.

Class : 11
Unit : मानव समाजको विकासक्रम


मध्यपाषाण जीवनशैलीको छोटो विवरण दिनुहोस्‌ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पुरापाषाण युगको अन्त्यसँगै लगभग दस हजार वर्ष अघिसम्मको कालखण्डलाई मध्यपाषाण युग भनिन्छ । यो कालखण्डमा पनि मानिसहरूले ढुङ्गाकै औँजार प्रयोग गर्थे । यसबेला ढुङ्गका पातला केही धारिला ब्लेड जस्ता औँजारलाई काठको विड वा हयाण्डलमा जोडेर पटक पटक प्रयोग गर्न सकिने गरी विकास गरिएको थियो । यस समय कतिपय औँजारहरू त्रिभुजाकार, चन्द्राकार, आयताकार आदि विभिन्न ज्यामितीय आकारको बनाइएको थियो । यसबाहेक ढुङ्गाकै तीर तथा भाला आदि जस्ता हतियारको प्रयोग गरिएको थियो । यस समयका केही औजारहरू जापान, आयरल्याण्ड, डेनमार्क, सर्विया आदि देशमा फेला परेका छन्‌ । यसबेला माछा मार्ने, बासको चोयाबाट टोकरी आदि बनाउने काम पनि थालिएको थियो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ ।
2.) मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ ।
3.) समुद्री किनारमा ठुला सहरहरू रहेका छन् ।
4.)इटली र ग्रिसमा फलफूल खेती गरिन्छ।
5.) हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेंसीतर्फ झरिरहेका छन् ।
6.)गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।
7.)विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।
8.)विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसह
9.)भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।
10.)तपाइँको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा भौगोलिक कारणहरू के के जिम्मेवार होलान्‌, खोजी गरी प्रतिवैदन तयार पार्नुहोस्‌।