Search answer for your unanswered questions.

Class : 11
Unit : अन्तरवैयक्तिक सिपहरु


असल नेतृत्व विकास गर्न के के गर्न सकिन्छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : समूहलाई उत्प्रेरित गरी लक्ष्य प्राप्तिका लागि सबैको सहयोग लिने क्षमता असल नेतृत्वमा हुन्छ । सामूहिक विचारको सम्मान गर्दै विभिन्न क्षेत्रमा काम गर्ने सक्रिय समूह निर्माण गरी व्यक्तिगत सम्बन्ध विस्तार गरी समन्वय र सहयोगको वातावरण सृजना गर्न सकिन्छ । अरूको सम्मान गर्ने, सकारात्मक सुझाव लिने, गुनासाहरु सुन्ने, निर्णय गर्ने क्षमता तथा समस्या पहिचान गरी समाधान गर्ने सिप परिष्कृत गर्न सकिन्छ । अस्वस्थ आलोचना, नकरात्मक सोच, अपहेलना तथा गलत सन्देह प्रवाह गर्नु हुँदैन । असल नेतृत्व विकास गर्न व्यक्तिले आफू, अन्य व्यक्ति, समूहका बिचमा असल सम्बन्ध विस्तार गरी कार्य गर्न सक्नु पर्छ । असल नेतृत्वका लागि सामाजिक तथा संवेगात्मक अन्तरक्रिया आवश्यक पर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) ‘बढ्दो विश्वव्यापीकरण र बसाइँसराइका कारण विश्वका मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
2.) ‘समकालीन विश्वभाषिक, धार्मिक, वर्गीय, लैङ्गिक र राजनीतिक प्रणालीगत विविधता जस्ता सामाजिक विविधताहरूले भरिपूर्ण छ।’ आफ्नो तर्कसहित व्याख्या गर्नुहोस् ।
3.)मानवका आधारभूत सामाजिक आवश्यकताहरु के के हुन् , उल्लेख गर्नुहोस् ।
4.)परियोजना कार्य 1. तपाइँको समुदायका विशेषताहरू खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस्‌ ।
5.)विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरु भएको गौरवशील देशका रुपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरु र थप बुँदाहरु समेटेर पुष्टि गर्नुहोस् ।
6.) ‘भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको हुन्छ‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
7.)वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।
8.)वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।
9.)साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस्‌ र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्‌।
10.)भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस्‌ ।