Search answer for your unanswered questions.

Class : 11
Unit : मानव र वातावरण


साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस्‌ र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्‌।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : हामीहरूले खाली भएको सरकारी जग्गामा वृक्षारोपण गर्ने योजना बनायौं । त्यस जग्गाको रुखविश्वा, घासपात मानिसहरूले मासेर सखाप बनाएका छन्‌ । हामी साथीहरू मिली ११ जनताको एउटा समूह बनायौँ । प्रत्येक शनिवारका दिन प्रत्येकले १/१ वटा विरुवा रोप्ने विचार गर्यौं । ६ महिना पछि हामीले त्यहाँ सयभन्दा बढी विरुवाहरू सप्रेको देख्यौ ।चराचुरुङ्गीहरू झुम्मेको पनि देख्यौं। प्रतिवेदन वातावरण संरक्षणप्रति हाम्रो पनि जिम्मेवारी छ भन्ने सोचेर हामीहरूले कक्षाका ११ जनाको एउटा समूह बनाई खाली भएको सरकारी जग्गामा वृक्षारोपण गर्ने योजना बनायौं । हरेक शनिवारका दिन प्रत्येक जनाले घटीमा एक एक वटा बिरुवा ल्याएर रोप्ने योजना बनायौं । त्यसपछि प्रत्येक शनिवार हामीले १/१ विरुवा रोप्न थाल्यौ । हप्ताका बिचमा समय निकालेर पानी हाल्ने र रेखदेख गर्ने काम गरियो । त्यस छेउकै वस्तीका मानिसहरूलाई हेरचाह गर्न अनुरीध गर्यौं । ६ महिना पछि रुख विरूवाहरू बढेछन्‌ । केटाकेटीहरू खेल्न थालेका छन्‌ । चराचुरुङ्गीहरू रमाउन थालेको देखियो । हेर्दा पनि कति रमाइलो मनै आनन्द हुने वातावरण पाइयो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।‘ यस भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस् ।
2.)आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस्‌ ।
3.) हिमाल, पहाड र तराईबिचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस्‌ ।
4.)इतिहास कसरी लेखिन्छ, उल्लेख गर्नुहोस् ।
5.)इतिहास लेखनका मूल प्रवृतिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् ।
6.)मध्यकालीन एसियाको उदय कसरी भएको थियो, बुँन्दागत रूपमा लेख्नुहोस्।
7.)औद्योगिक क्रान्तिले विश्वमा पारेको प्रभावहरूको बुंदागत रूपमा व्याख्या गर्नुहोस् ।
8.)उपनिवेशको सुरुआत र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस् ।
9.)विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस् ।
10.)एक देशमा भएको परिवर्तनको प्रभाव अरू देशमा पनि पर्दछ भन्ने सन्दर्भलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।