Search answer for your unanswered questions.

Class : 11
Unit : मानव र वातावरण


वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : वातावरणमा आफै परिवर्तन आउँदैन । जीवजन्तुले परिवर्तन ल्याउन सक्दैन । वातावरणमा परिवर्तन ल्याउने क्षमता मानिसमा छ । मानिसमा बुद्धि र चेतना छ । मानिसबाट विश्वमा नयाँ नयाँ आविष्कारहरू भएका छन् । मानिसलाई सुख सुविधा पुर्याउने देखि घातक हतियारहरूको निर्माण समेत भएको छ । मानिसले आफ्नो बुद्धिले गर्दा चन्द्रमामा खुट्टा टेकेका छन् । हाल अझ नयाँ नयाँ अन्वेषणतिर मानिसले ध्यान पुर्याइरहेका छन् । मानिसहरूले गरेका केही कार्यहरूले गर्दा वातावरणमा नकारात्मक प्रभाव परेको छ । नयाँ खेती, बाटोघाटो बनाउन तथा वस्ती बसाल्न वनविनास भएको छ । यसबाट वायुमा अक्सिजनको मात्रा घटन गएको छ । वनविनासले गर्दा वन्यजन्तुको बासस्थानमा नकारात्मक प्रभाव परी कतिपय वन्यजन्तु लोप भएका छन् । कतिपयको अस्तित्वमा खतरा उत्पन्न भएको छ । ठूला ठूला उद्योगहरूबाट विर्सजित ग्याँसहरूले वायु प्रदूषण बढाएको छ । ठूला ठूला वाहन तथा ठूला ठूला उद्योगहरूको आवाजले ध्वनि प्रदूषण बढेको छ । त्यस्तै नदीको दोहन तथा फोहोरमैला नदीमा फाल्नाले जलप्रदूषण बढेको छ । यी कामहरू मानिसहरूबाट नै भएका छन् । यसकारण यसलाई सपार्ने जिम्मेवारी पनि मानिसहरूकै हो । यसैले मानिसहरूले वातावरण संरक्षणका लागि उपयुक्त कदमहरू चाल्नु पर्छ । वातावरणको संरक्षण भए मात्र मानिसको अस्तित्वमा आइपर्ने खतरा न्यून हुन्छ । नयाँ नयाँ आविष्कार गर्दा तथा विकास निर्माणका कार्य गर्दा वातावरण संरक्षणको पक्षलाई बिर्सिनु हुँदैन । खाद्दान्न उत्पादन गर्दा जैविक मलको प्रयोग गर्नुपर्छ । यसबाट जीवजन्तुको संरक्षण पनि हुन्छ । वनजङ्गल जोगाउन वृक्षारोपण कार्य गर्नुपर्छ । नाङ्गा डाँडामा घासपात तथा रुखबिरुवा रोप्नाले पहिरो नियन्त्रण हुन्छ । मानिसहरूलाई वातावरण संरक्षणप्रति चेतना वृद्धि गर्ने कार्य पनि मानिसकै हो । आजका मानिसहरूले गरेको वातावरण संरक्षणले भावी पुस्ताले सुखपूर्वक जीवन यापन गर्न पाउँछन् । यसैले संयुक्त राष्ट्रसङ्घले दिगो विकासको अवधारणा ल्याएको हो । नेपालले दिगो विकास अवधारणालाई अङ्गालेर सोको लक्ष्यहरु प्राप्ति गर्न कदम चालेको छ । नेपालमा पनि दिगो विकास अन्तर्गत साक्षरता प्रतिशत वृद्धि गर्ने, बाल मृत्युदर घटाउने, कृषि विकास गर्ने, खाद्यान्न उत्पादनका लागि पकेट क्षेत्र निर्धारण गर्ने, कृषिमा अनुदान दिने, जैविक मलको प्रयोग बढाउने, वृक्षारोपण गर्ने, राष्ट्रिय उधानको स्थापना गर्ने, वन्यजन्तु प्रजन्न केन्द्रको स्थापना गर्ने आदि कार्यहरु भइरहेका छन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नेपालको भौगोलिक प्रदेश अनुसारका बिशेषताहरु तलको तालिकामा भर्नुहोस् l
2.)‘नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।‘ यस भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस् ।
3.)आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस्‌ ।
4.) हिमाल, पहाड र तराईबिचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस्‌ ।
5.)इतिहास कसरी लेखिन्छ, उल्लेख गर्नुहोस् ।
6.)इतिहास लेखनका मूल प्रवृतिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् ।
7.)मध्यकालीन एसियाको उदय कसरी भएको थियो, बुँन्दागत रूपमा लेख्नुहोस्।
8.)औद्योगिक क्रान्तिले विश्वमा पारेको प्रभावहरूको बुंदागत रूपमा व्याख्या गर्नुहोस् ।
9.)उपनिवेशको सुरुआत र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस् ।
10.)विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस् ।