Search answer for your unanswered questions.

Class : 11
Unit : अन्तरवैयक्तिक सिपहरु


अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि समाजिक सञ्जाललाई कसरी प्रयोग गर्नुपर्छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : इन्टरनेटको माध्यमबाट चल्ने युट्युब, फेसबुक, ट्वीटर आदि सामाजिक सञ्जालका अङ्गहरु हुन् । सामाजिक सञ्जालको उपयोग विश्वमा वृहत मात्रामा भइरहेको छ । अभिनेता, नेता, राजनेता, व्यापारी तथा अन्य व्यक्तिहरुले पनि सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन् । सामाजिक सञ्जालमा आफूले गरेको टिप्पणी तथा चित्र आदि मन पराए लाइक (Like) भनी टिप्पणी आउँछ । अरु बढी प्रचार भए भाइरल (Viral) भयो भनी भनिन्छ । अन्य व्यक्तिहरूसँग घर बसी सम्बन्ध स्थापित गर्ने यो उत्तम माध्यम हो । तर सामाजिक सञ्जालको दुरुपयोग पनि बढिरहेको छ । नचाहिँदो टिप्पणी गर्ने प्रवृत्ति पनि देखिएको छ । फोटोको दुरुपयोग हुन सक्छ । असामाजिक तत्त्वहरुले सम्पर्क गरी नचाहिँदो काममा फँसाउन सक्छन् । अस्वस्थ मनोरञ्जनले मनमा विकार उत्पन्न गराउन सक्छ । सामाजिक सञ्जाल सिकाइको असल माध्यम हो । विज्ञहरुसँग नजानेको कुरा सोध्ने, साथीहरुसँग पढाइसम्बन्धमा छलफल गर्ने, ज्ञानसिप आर्जन गर्ने, कुलतमा लाग्न सक्ने सम्भावनालाई ध्यानमा राखी सचेत र सतर्क भई सामाजिक सञ्जालको प्रयोग गर्नुपर्छ । असल सम्बन्ध विस्तारका लागि यसको प्रयोग गरिनु पर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)औद्योगिककरणले समाजमा पारेको प्रभावको छोटौ विवरण दिनुहोस्‌।
2.) ‘बढ्दो विश्वव्यापीकरण र बसाइँसराइका कारण विश्वका मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
3.) ‘समकालीन विश्वभाषिक, धार्मिक, वर्गीय, लैङ्गिक र राजनीतिक प्रणालीगत विविधता जस्ता सामाजिक विविधताहरूले भरिपूर्ण छ।’ आफ्नो तर्कसहित व्याख्या गर्नुहोस् ।
4.)मानवका आधारभूत सामाजिक आवश्यकताहरु के के हुन् , उल्लेख गर्नुहोस् ।
5.)परियोजना कार्य 1. तपाइँको समुदायका विशेषताहरू खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस्‌ ।
6.)विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरु भएको गौरवशील देशका रुपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरु र थप बुँदाहरु समेटेर पुष्टि गर्नुहोस् ।
7.) ‘भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको हुन्छ‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
8.)वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।
9.)वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।
10.)साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस्‌ र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्‌।