Search answer for your unanswered questions.

Class : 11
Unit : मानव र वातावरण


वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : वातावरण संरक्षणबाट फाइदा i. वनजङ्गलको विनाश नहुने । ii. वायु प्रदूषण तथा जल प्रदूषणमा कमी आउने । iii. वन्यजन्तुको संरक्षण हुने । iv. नदीको प्रवाहमा परिवर्तन नहुने तथा जलस्तर यथावत्‌ रहने । v. जलजीवको संरक्षण हुने । vi. ओजोन तहको तह पातलिने कार्य घटेर सूर्यको परावैजनी किरणको नकारात्मक प्रभाव घट्ने । vii. रोगव्याधि, बाढी पैरो तथा हावाहुरी आदि प्राकृतिक प्रकोपमा कमी आउने । viii. मरुभूमिकरण घट्ने, माटोको मलिलोपना बुद्धि हुने । ix. पर्यावरण प्रणालीमा बाधा नपुग्ने । x. अनावृष्टि, अतिवृद्धिमा कमी आउने तथा समयमा नै वर्षा हुने । xi. खाद्यान्न उत्पादनमा वृद्धि हुने साथै खाद्यान्नको गुणस्तर कायम हुने । xii. भावी सन्ततिको जीवनमा नकारात्मक प्रभाव नपर्ने । xiii. प्राकृतिक वातावरण संरक्षित हुने । वातावरण विनासबाट पर्ने समस्याहरु i. वायु प्रदूषण, जलप्रदुषण तथा ध्वनि प्रदूषण बढ्ने ii. रोगव्याधि, हावाहुरी तथा बाढी पैरो आदि प्राकृतिक प्रकोपमा वृद्धि हुने । iii. वायुमण्डलको ओजोन तहमा नकारात्मक प्रभाव परी सूर्यको पराबैजनी किरणको नकारात्मक प्रभाव प्राणीहरूमा पर्ने । iv. नदीको जलस्तर घट्ने, नदीको प्रवाहमा परिवर्तन हुन सक्ने। v. मरूभुमिमिकरण बढ्ने। vi. खाद्यान्न उत्पादनमा कमी हुन सक्ने। vii. अनावृष्टि तथा अतिवृष्टिको सम्भावना बढ्ने । viii. कतिपय वनस्पति तथा जीवजन्तुहरू लोप हुने अवस्था “सृजना हुन सक्ने। ix. मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने । x. जलवायुमा परिवर्तन भई नकारात्मक प्रभाव वातावरणमा पर्ने। xi. भावी सन्ततिको जीवनमा नकारात्मक प्रभाव पर्न सक्ने ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) पहाडी भूभागभन्दा मैदानी भूभाग बढी विकसित हुन्छ ।
2.)नेपालको भौगोलिक प्रदेश अनुसारका बिशेषताहरु तलको तालिकामा भर्नुहोस् l
3.)‘नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।‘ यस भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस् ।
4.)आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस्‌ ।
5.) हिमाल, पहाड र तराईबिचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस्‌ ।
6.)इतिहास कसरी लेखिन्छ, उल्लेख गर्नुहोस् ।
7.)इतिहास लेखनका मूल प्रवृतिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् ।
8.)मध्यकालीन एसियाको उदय कसरी भएको थियो, बुँन्दागत रूपमा लेख्नुहोस्।
9.)औद्योगिक क्रान्तिले विश्वमा पारेको प्रभावहरूको बुंदागत रूपमा व्याख्या गर्नुहोस् ।
10.)उपनिवेशको सुरुआत र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस् ।