Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वमा नेपाल


विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरु भएको गौरवशील देशका रुपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरु र थप बुँदाहरु समेटेर पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : विश्वमा नेपाल एक विशिष्ट विशेषताहरू भएको गौरवशाली देश हो । यसका आधारहरू निम्नलिखित छन् : i) नेपाल ८0० ४’ पू. देशान्तरदेखि ८८० १२’ पू. देशान्तरसम्म रहेको छ । ii) नेपाल २६० २२’ उ. अक्षांशदेखि ३0० २७’ उ. अक्षांशसम्म फैलिएको छ । iii) नेपालले विश्वको कूल क्षेत्रफलको ०.०३% भूभाग र एसियाको ०.३% भूभाग ओगटेको छ । iv) विश्वकै अग्लो शिखर सगरमाथा (८८४८.८६ मि.) नेपालमा छ । विश्वमै तेस्रो अग्लो शिखर कञ्चनजङ्गा नेपालमा छ । v) विश्वका ८ooo मि. भन्दा अग्ला शिखरहरूमध्ये १४ वटा नेपालमा पर्छ । vi) नेपालको सबभन्दा होचो जमिन धनुषाको मुखियापट्टी मुसहरनियामा छ । vii) सानो देश भए पनि विश्वमा पाइने विभिन्न थरिका हावापानी र वनस्पति नेपालमा पाइन्छ । viii) ब्राजिलपछि विश्वमै बढी जलविद्युत् उत्पादन गर्ने क्षमता भएको देश नेपाल हो। ix) वीर गोर्खाली भनी विश्वमै नेपाली चिनिन्छन्। x) मूल्यवान जडिबुटीमध्येको यार्सागुम्बा नेपालमा पाइन्छ । xi) १oo भन्दा बढी जातिहरू तथा १oo भन्दा बढी भाषाहरू बोलिने देश नेपाल हो। xii) यहाँ ३o भन्दा बढी प्रजातिको गुराँसहरू पाइन्छ । बसन्तमा गुराँस फुलेर पहाडै गुराँसमय भएको देखिन्छ । xiii) मृतकहरूका नाममा गाई बनाई निकालिने नेवार जातिको गाईजात्रा नेपालमा मनाइन्छ । xiv) मारुनी नाच, चण्डी नाच, घाटु नाच, सोरठी नाच, झिझिया नृत्य आदि विभिन्न जातजातिहरूका थरिथरिका सांस्कृतिक गतिविधिहरू नेपालमा नै हुने गर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)उष्णतृण भूमि क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ।
2.)पहाडी क्षेत्रमा साहसिक पर्यटन विकास गर्न सकिन्छ ।
3.) पहाडी भूभागभन्दा मैदानी भूभाग बढी विकसित हुन्छ ।
4.)नेपालको भौगोलिक प्रदेश अनुसारका बिशेषताहरु तलको तालिकामा भर्नुहोस् l
5.)‘नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।‘ यस भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस् ।
6.)आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस्‌ ।
7.) हिमाल, पहाड र तराईबिचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस्‌ ।
8.)इतिहास कसरी लेखिन्छ, उल्लेख गर्नुहोस् ।
9.)इतिहास लेखनका मूल प्रवृतिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् ।
10.)मध्यकालीन एसियाको उदय कसरी भएको थियो, बुँन्दागत रूपमा लेख्नुहोस्।