Search answer for your unanswered questions.

Class : 11
Unit : विश्वमा नेपाल


‘भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको हुन्छ‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : भौगोलिक अवस्थाले मानिसको जीवनशैलीमा ठूला प्रभाव पारेको हुन्छ । मानिसहरूको लवाई खुवाई, बसाई सराई आदि भौगोलिक अवस्था अनुसार हुन्छ । जनावरहरूमाथि यसको प्रभाव प्रष्ट देख्न सकिन्छ । धेरै चिसो ठाउँमा रहने सील माछाको जीउभित्र धेरै बोसो हुन्छ जसबाट ऊ चिसोबाट जोगिन्छ । धुव्रीय क्षेत्रमा पाइने भालुहरू गर्मी याममा प्रशस्त खान्छन् भने हिउँदमा शीत निद्रामा रहन्छन् । जाडो ठाउँमा हुने जनावरको शरीरमा लामो लामो भुत्ला हुन्छ । बालुवामा नभासियोस् भनी ऊँटका खुट्टा अग्ला र विना खुरका हुन्छन् । मरुभूमिमा पानीको कमी हुने हुनाले ऊँटहरू ३/४ दिनसम्म पानी नपिइकन पनि रहन सक्छन् । पहाडी क्षेत्रमा बस्ने मानिसहरूलाई उकालो ओरालो हिड्नुपर्छ । कडा परिश्रम गर्नुपर्छ । यसैले उनीहरू दह्रा हुन्छन् । त्यसैले शेर्पाहरू पहाड चढ्न सिपालु हुन्छन् । जाडो ठाउँमा बस्ने मानिसहरूले मासु बढी खाने गर्दछ । जाडोबाट जोगिन उनीहरू छ्याङ पनि पिउँछन् । चियामा नुन र घिउ हाल्छन् । उनीहरू बाक्लो लुगा लगाउँछन् । उनीहरूको होचो घरमा छोटो झ्याल बनिएको हुन्छ । गर्मी ठाउँमा बस्ने मानिसहरू खुकुलो पोशाक लगाउँछन् । तराईबासीहरूले यसैकारण धोती लाउने गरेका हुन् । उनीहरू प्राय: नुहाउने गर्छन् । खानामा दुध दही र चिसो पेय बढी हुन्छ किनकि तराईमा गर्मी हुन्छ । खेतीपाती प्रशस्त हुने हुँदा यहाँ थरिथरिको बाली लगाइन्छ । यसैले तराईतिर मानिसहरूको खानामा परिकार बढी हुन्छन् । खेती गरेपछि फुर्सद हुने हुँदा तराईतिर मेला लाग्ने, धाम भर्ने र सांस्कृतिक तथा धार्मिक समारोह गर्ने बढी हुन्छ । मरुभूमिमा बस्ने मानिसहरू गर्मीबाट जोगिन जीउ ढाक्ने लुगाको प्रयोग गर्छन् । उनीहरू ऊँटको प्रयोग बढी गर्छन् । मालसामान बोक्न, मानिस बोक्न तथा ऊँट कै रौंबाट कम्बल बनाउँछन् । ऊँटकै दूध पिउँछन् । जङ्गलको छेउमा बस्ने रुख चढ्न सिपालु हुन्छन् । वनस्पति पहिचान गर्न सक्छन् । समुद्र वा नदीको छेउमा बस्ने माछा मार्न तथा पौडी खेल्न सिपालु हुन्छन् । भौगोलिक अवस्थाले गर्दा बाँच्नका लागि मानिसहरूले आफ्नो जीवनशैली सो अनुसार परिणत गर्ने गर्दछन् । तर मानिसहरू बुद्धिमान प्राणी भएकाले वातावरणबाट जोगिन घरभित्र केही सुविधा थप्न सक्छन् । बढी गर्मी भए पङ्खा लगाउने, कुलर वा एअरकन्डीसन राख्ने साथै बढी जाडो भए हिटरको प्रयोग गर्ने गर्दछन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पहाडी क्षेत्रमा साहसिक पर्यटन विकास गर्न सकिन्छ ।
2.) पहाडी भूभागभन्दा मैदानी भूभाग बढी विकसित हुन्छ ।
3.)नेपालको भौगोलिक प्रदेश अनुसारका बिशेषताहरु तलको तालिकामा भर्नुहोस् l
4.)‘नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।‘ यस भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस् ।
5.)आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस्‌ ।
6.) हिमाल, पहाड र तराईबिचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस्‌ ।
7.)इतिहास कसरी लेखिन्छ, उल्लेख गर्नुहोस् ।
8.)इतिहास लेखनका मूल प्रवृतिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् ।
9.)मध्यकालीन एसियाको उदय कसरी भएको थियो, बुँन्दागत रूपमा लेख्नुहोस्।
10.)औद्योगिक क्रान्तिले विश्वमा पारेको प्रभावहरूको बुंदागत रूपमा व्याख्या गर्नुहोस् ।