Search answer for your unanswered questions.

Class : 11
Unit : अन्तरवैयक्तिक सिपहरु


अन्तरवैयक्तिक सिप किन महत्त्वपूर्ण छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : अन्तरवैयक्तिक सिप महत्त्वपूर्ण छ किनकि : i) यसले समाजिक संवाद गर्ने र अरूसँग सम्बन्ध बढाउने सिप विकास गर्छ । ii) व्यक्तिको आन्तरिक क्षमता विकास गरी सामाजिक परिवेशमा मिल्न सिकाउँछ । iii) आफ्नो लक्ष्य प्राप्तिका लागि चुनौतीको सामना गर्न सिकाउँछ । iv) आफ्ना आचार विचार र संवाद संस्कृतिलाई राम्रो बनाउन सिकाउँछ । v) आफ्नो कामलाई व्यवस्थित गर्न सिकाउँछ । vi) आफूभित्रका असमझदारी हटाई अरूको क्षमता पहिचान गर्ने सिपको विकास गराउँछ । vii) आफ्नो व्यक्तित्व विकास गर्न सघाउँछ । viii) संकट व्यवस्थापन गर्न र जुनसुकै कामलाई पनि सम्मान गर्ने सिप सिकाउँछ । ix) अरु कुरा ध्यानपूर्वक राखी आफ्नो विचार राखी विषयवस्तुप्रति स्पष्ट संवाद गर्न सिकाउँछ । x) अरुलाई विश्वासमा लिएर आफ्नो काम सफल बनाउने सिप विकास गर्छ । xi) उत्तरदायित्व बहन गर्ने, नेतृत्व सिप विकास गर्ने, सहानुभूति र समभाव विकास गरी सामाजिक परिवेशमा आफूलाई समायोजन गर्ने असल व्यक्तित्वको विकास गर्न सघाउँछ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पुँजीवादी समाजमा निजी सम्पत्तिको महत्तव बढी हुनुका कारणहरु उल्लेख गर्नुहोस् ।
2.)औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन् । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
3.)औद्योगिककरणले समाजमा पारेको प्रभावको छोटौ विवरण दिनुहोस्‌।
4.) ‘बढ्दो विश्वव्यापीकरण र बसाइँसराइका कारण विश्वका मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
5.) ‘समकालीन विश्वभाषिक, धार्मिक, वर्गीय, लैङ्गिक र राजनीतिक प्रणालीगत विविधता जस्ता सामाजिक विविधताहरूले भरिपूर्ण छ।’ आफ्नो तर्कसहित व्याख्या गर्नुहोस् ।
6.)मानवका आधारभूत सामाजिक आवश्यकताहरु के के हुन् , उल्लेख गर्नुहोस् ।
7.)परियोजना कार्य 1. तपाइँको समुदायका विशेषताहरू खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस्‌ ।
8.)विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरु भएको गौरवशील देशका रुपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरु र थप बुँदाहरु समेटेर पुष्टि गर्नुहोस् ।
9.) ‘भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको हुन्छ‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
10.)वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।