Search answer for your unanswered questions.

Class : 11
Unit : पुँजीवादी युग र आधुनिक विश्व


औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन् । यस भनाइलाई पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : औद्योगिक समाजको विकास युरोपमा औद्योगिक क्रान्तिपश्चात् भएको हो । यो समाज पनि ठूलो परिमाणमा उत्पादन गर्ने कार्यसँग सम्बन्धित छ । जीवाश्म इन्धनको प्रयोग गरी चल्ने मेशिन र ऑजारको सहायताले वृहत मात्रामा उत्पादन गरी बजारीकरण गर्नु हो । यस समाजले मानव श्रमलाई विस्थापित गर्दै यान्त्रिक श्रमको उपयोग बढाउँदै लैजान्छ । उत्पादित वस्तुको बजारीकरण र सेवा क्षेत्रको व्यापक विस्तारले सहरहरूको विकास हुन्छ । औद्योगिक समाजलाई सहरहरूको विकास अनुकूल हुन्छ । किनकि बढि उत्पादित वस्तु खपतका लागि बढी जनसङ्ख्या चाहिन्छ । सहरहरुमा जनसङ्ख्या तीव्र रूपमा वृद्धि हुन्छ । उत्पादनको मात्रा बढाउनका लागि स्वचालित यन्त्रको प्रयोग पनि गरिन्छ । कृषिमा पनि ठूला ठूला यन्त्रहरुको प्रयोग, रासायनिक मल आदिको प्रयोगले कृषि उत्पादनमा वृद्धि गरिन्छ । कृषिलाई यान्त्रिकिकरण गरी उत्पादन वृद्धि गरिन्छ । पुँजीवादी समाजको विकास औद्योगिक समाजको विकाससँगै भएको देखिन्छ । पुँजीवादी समाजमा पनि बढी मात्रामा उत्पादनका लागि मानवीय श्रमलाई मेशिन औजारमा विस्थापित गरिन्छ । जीवाश्म इन्धनबाट ‌‌चल्ने मेशिन औजारको तीव्र विकासले मानव श्रमलाई कटौती गर्दैछ । पुँजीवादी समाजमा खुला बजार प्रतिस्पर्धामा उत्पादित वस्तुको बजारीकरण गरिन्छ र सेवा क्षेत्रको विस्तार गरिन्छ । यो समाजमा निजी सम्पत्तिको महत्त्व बढी हुन्छ । आर्थिक व्यवस्थामा सरकारको भूमिका गौण हुन्छ । उत्पादित वस्तुको बजारीकरण र सेवा क्षेत्रको व्यापक विस्तारले सहरहरूको विकासमा ठूलो टेवा पुग्छ । जति बढी खपत भयो, त्यति बढी उत्पादन गरिन्छ । जति बढी उत्पादन गर्न सक्यो, त्यति बढी लगानीको अवसर प्राप्त हुन्छ । जति बढी लगानी त्यति बढि नै मुनाफा हुन्छ । औद्योगिक समाज र पुँजीवादी समाज बढी उत्पादन गर्ने कार्यसँग सम्बन्धित छन् । यी दुवै समाज मानवीय श्रमलाई मेशिन औजारको प्रयोगबाट कटौती गर्छन् । यी दुवै समाजमा निजी सम्पत्तिको महत्त्व हुन्छ । यी दुवै समाज खुला बजार प्रतिस्पर्धामा विकास गर्छन् । यी दुवै समाजको विकासमा सहरीकरणले टेवा दिन्छ । यी दुवै समाजको आर्थिक अर्थव्यवस्थामा सरकारको भूमिका गौण हुन्छ । औद्योगिक समाजले उत्पादनको मात्रा बढाउँछ । बढी उत्पादनले बढी नाफा कमाउँछ । बढी नाफाले पुँजीपति समाजको विकास हुन्छ । पुँजीपतिहरुले लगानी वृद्धि गरी अझ उद्योगहरूको विकास गर्छन् । यसबाट औद्योगिक समाजको विकास हुन्छ । यसरी औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.