Search answer for your unanswered questions.

Class : 11
Unit : पुँजीवादी युग र आधुनिक विश्व


पुँजीवादी समाजमा निजी सम्पत्तिको महत्तव बढी हुनुका कारणहरु उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पुँजीवादी समाजमा राज्यको भूमिका न्यून हुन्छ । देशमा उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, ऊर्जा आदि विभिन्न क्षेत्रमा विकासका लागि पुँजीको आवश्यकता पर्छ । पुँजीपतिहरुले लगानी गरी अर्थव्यवस्थालाई दरिलो बनाउन उद्योग, यातायात तथा अन्य क्षेत्रमा लगानी गर्छन् । निजी सम्पतिको सुरक्षा राज्यबाट नभएमा देश उद्योग व्यवसायको विकास हुँदैन । देशमा रोजगारीको सिर्जना गर्न विभिन्न उद्योग वा अन्य सेवा क्षेत्रमा लगानी पुँजीपतिहरुबाट हुन्छ । राज्यले पनि ठूलो मात्रामा कर पुँजीपतिहरुबाट प्राप्त गर्छ । निजी सम्पत्तिको महत्त्वले गर्दा पुँजीपतिलाई प्रतिस्पर्धा गरी बजारमा उत्पादनलाई बिक्री प्रर्वधन गर्ने सोच दिन्छ । मुनाफा कमाउने र फेरि लगानी गरी अझ उत्पादनको मात्रा वृद्धि गर्ने । जति बढी मुनाफा, त्यति बढी लगानी । निजी सम्पत्तिले यसरी पुँजीवादी अर्थव्यवस्थालाई सबल बनाउन सहयोग गर्छ । पुँजीवादी अर्थव्यवस्थामा यसरी रोजगारी सिर्जना गर्ने, औद्योगिकीकरण गर्ने, जनताका लागि कल्याणकारी योजना सम्पन्न गर्न राज्यलाई कर पनि पुँजीपतिहरुबाट नै प्राप्त हुन्छ । पुँजीवादी अर्थव्यवस्थामा सरकारको भूमिका मौण भएकोले निजी सम्पत्तिको महत्त्व बढेको हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.