Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा


पाठमा उल्लेखित कुनै एक सिपसँग सम्बन्धित हुने गरी कथा, कविता, गीत, संवाद, चिठी र चित्रमध्ये कुनै एकको रचना गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सिप: क्षेत्रभ्रमण (दन्तकाली मन्दिर, धरान) दुहवी १२/५/२०७५ साथी सुजाता मिठो सम्झना हिजो तिमीले गएको शनिबार के गर्यो भनेर सोधेकी थियौ । म गएको शनिबार धरानको दन्तकाली मन्दिर हेर्न गएकी थिएँ । दन्तकाली मन्दिरको छोटो चिनारी म यहाँ लेख्दैछु । यो मन्दिर धेरै पुरानो हो । यो शक्तिपीठ हो । यहाँ कुनै देवीदेवताको मूर्ति छैन । भनिन्छ सतीदेवीको दाँत यहाँ झरेको हुनाले यहाँ मन्दिर बनाइएको हो । यस मन्दिरमा सानो बट्टाभित्र सतीदेवीको दाँत भनी सुरक्षित राखिएको छ । उहिले शाहवंशीय राजाहरूले पश्चिम नेपालबाट ब्राह्मण ल्याई पुजारी राखेका थिए । हालसम्म उनैका सन्तानले यो मन्दिरमा पूजाआजा गरी काम सम्हाली रहेका छन् । यो मन्दिर संचालनका लागि गुठीको रूपमा जग्गा राखिएको छ । दशैँमा यहाँ पूजाआजा गरिन्छ । अष्टमी र नवमीका दिन पशु बलि दिइन्छ । आजकल छेउछाउमा पुजासामाग्री बेच्ने मानिसहरूको पसल प्रशस्तै देखिन्छन् । बजारबाट यहाँसम्म आउने मोटर गुड्ने सडक छ । यहाँबाट धरानको राम्रो दृश्य देखिन्छ । यहाँ धर्मशाला पनि रहेको छ । भक्तजनको भीड प्रायः भइरहन्छ । तिमी पनि विदामा आऊ र सँगै मन्दिर हेर्न जाऔला । तिम्रो आमाबुबालाई मेरो सादर प्रनाम । उही तिम्रो साथी बिना
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)समस्या भनेको के हो ?
2.) समस्या कसरी पहिचान गरिन्छ ?
3.)समस्या समाधानका मुख्य चरण के-के हुन् ।
4.) समस्याको निष्कर्ष कसरी निकालिन्छ ?
5.)सञ्चार भनेको के हो ? सञ्चार कति प्रकारका हुन्छन् ? सञ्चारका तत्वहरुको सूची बनाउनुहोस् ।
6.)प्रभावकारी सञ्चारका अवरोधहरु उल्लेख गर्नुहोस् ।
7.)प्रभावकारी सञ्चारका माध्यमहरु उल्लेख गरी तिनीहरुले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस् ।
8.)प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
9.)माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?
10.)तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ ?