Search answer for your unanswered questions.

Class : 11
Unit : सञ्चार


सञ्चार भनेको के हो ? सञ्चार कति प्रकारका हुन्छन् ? सञ्चारका तत्वहरुको सूची बनाउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : दुई पक्षहरुबिच सुचना आदान प्रदान गर्ने र अर्थ बुझ्ने प्रक्रियालाई सन्ञचार भनिन्छ । सञ्चारमा दुई वा दुईभन्दा बढी पक्षहरु वा व्यक्तिहरु पनि हुन सक्छन् । सञ्चार व्यक्ति, समूह वा संस्थाहरुबिच हुने गर्दछ । सञ्चार एउटा व्यवस्थित प्रक्रिया हो । एल.ए.एलेन (L.A. Allen) का अनुसार सञ्चार अरुको मस्तिष्कसँग सम्झदारी कायम गर्नका लागि व्यक्तिले गर्ने सबै कार्यहरुको योग हो । सञ्चारमा सूचना, जानकारी, विचार वा भावना आदि पठाउने तथा बुझ्ने काम हुन्छ । सञ्चारका लागि माध्यमको आवश्यकता पर्छ । सञ्चारको प्रकार: – सञ्चार तीन प्रकारका हुन्छन्, i) मौखिक सञ्चार:- व्यक्तिले कुनै भाषा प्रयोग गरेर सूचना वा सन्देश आदान प्रदान गर्छ भने त्यसलाई मौखिक सञ्चार भनिन्छ । यो सबैभन्दा सरल, प्रचलित र महत्वपूर्ण विधि हो । मौखिक सञ्चार प्रत्येक भेटघाट वा सञ्चार माध्यमको प्रयोग गरी गर्न सकिन्छ । यो बढी प्रभावकारी तथा भरपर्दो हुन्छ । ii) लिखित सञ्चार:- लिखित रुपमा सन्देश, सूचना वा जानकारी आदान प्रदान गरिन्छ भने त्यसलाई लिखित सञ्चार भनिन्छ। चिठीपत्र, आकाशवाणी, प्रतिवेदन, ऐन कानुन, नीतिनियम, वुलेटिन, पत्रपत्रिका, पुस्तक आदेश स्वरुपमा लिखित सञ्चार प्रभाव गरिन्छ । यो प्रभावकारी र भरपर्दो हुन्छ । यसलाई कानुनी मान्यता प्राप्त हुन्छ । यसलाई सुरक्षित अभिलेखको रुपमा राख्न सकिन्छ तथा भविष्यमा कानुनी प्रमाणको रुपमा पेस गर्न सकिन्छ । iii) साङ्केतिक सञ्चार:- कुनै भाषा वा शब्दको प्रयोग नगरी सङ्केतका आधारमा सूचना आदान प्रदान गरिन्छ भने त्यसलाई साङ्केतिक सञ्चार भनिन्छ । यसमा इशारा, सङ्केत चिन्ह, चित्र, शारीरिक हाउभाउ, नक्सा आदिको प्रयोग गरिन्छ । ट्राफिक चिन्हहरु पनि साङ्केतिक सञ्चार हुन् । छोटो समयमा तत्काल सन्देश पठाउन साङ्केतिक सञ्चार महत्वपूर्ण हुन्छ । जस्तै विराना ठाउँमा रहेका मानिसहरुले झण्डा हल्लाएर वा आगो बालेर हवाई खोजीलाई सन्देश प्रवाह गर्छन् । सञ्चारका तत्वहरु:- – सञ्चार स्थापना गर्न निम्न तत्त्वहरूको आवश्यकता पर्छ: i) दुई वा दुईभन्दा बढी पक्षहरु वा व्यक्तिहरु ii) सञ्चारको माध्यम प्रेषक (सूचना पठाउने) iii) प्रापक (सूचना पाउने) iv) प्राप्त सूचनालाई स्वीकार गर्नु v) सूचनालाई सही रुपमा बुझ्नु vi) सूचनाप्रति प्रतिक्रिया जनाउनु ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)होमो इरेक्टस (Homo erectus) को छोटो परिचय दिनुहोस्‌ ।
2.)होमो नियन्डरथलेन्सिस (Homo neanderthalensis) को छोटो परिचय दिनुहोस्‌ ।
3.)अस्ट्रालोपिथेकस (Australopithecus) जातिको छोटो परिचय दिनुहोस्‌ ।
4.)मस्तेरियन (Mousterian) संस्कृति कस्तो संस्कृति हो ? प्रष्ट पार्नुहोस्‌।
5.)कार्ल मार्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।
6.)तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।
7.)नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरु उल्लेख गर्नुहोस् ।
8.)नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।
9.)मध्यपाषाण जीवनशैलीको छोटो विवरण दिनुहोस्‌ ।
10.) पुरापाषाण जीवनशैलीको छौटो बिवरण दिनुहोस्‌।