Search answer for your unanswered questions.

Class : 11
Unit : सञ्चार


प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सञ्चारको माध्यमको प्रभावकारी उपयोगले अन्य पक्षसँग प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग मिल्छ । प्रभावकारी सञ्चारले सही सन्देश, भाव, अभिप्राय: आदि सम्बन्धित पक्षसम्म स्पष्टरुपमा पुर्याउँछ । यसबाट सन्देश प्रवाह गर्नेको इच्छा स्पष्ट रुपमा बुझ्न र निजको स्पष्ट प्रतिक्रिया जान्न सहयोग मिल्छ । सही सञ्चारले सन्देश प्रवाहमा स्पष्टता हुन्छ । यसबाट नचाँहिदो कुरा सृजना हुदैँन । सम्बन्धित पक्षबिच सम्बन्ध प्रगाढ बनाउन सहयोग मिल्छ । उदाहरणका लागि नरेशले आफ्नो जन्मदिनमा आफ्नो साथीहरु रमेश, निरज, कृष्ण र गोपाललाई आफ्नो फोनबाट सम्पर्क गरी जन्मदिनको पार्टीमा बोलायो । उसको निमन्त्रणा स्पष्ट थियो । साथीहरु आए । ती साथीहरुले नरेशको जन्मदिनको उपलक्ष्यमा उपहार पनि दिए , खुसीयाली साथ जन्मदिन मनाई घर गए । रमेशको जन्मदिनमा पनि फोनबाट नै निमन्त्रणा गरे र सबैजनाले स्वीकार गरी एकआपसमा जम्मा भए र खुशीयाली साथ जन्मदिन मनाए । ती सबै साथीहरु आफूले नजानेका कुराहरु अरु साथिहरुसँग सोधपुछ गर्छन र मिलेर अध्ययन गर्छन् । साथीहरूसँग फेसबुकमार्फत् सम्पर्क गर्छन् । ती सबै साथीहरूबीच राम्रो सम्बन्ध छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)मस्तेरियन (Mousterian) संस्कृति कस्तो संस्कृति हो ? प्रष्ट पार्नुहोस्‌।
2.)कार्ल मार्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।
3.)तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।
4.)नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरु उल्लेख गर्नुहोस् ।
5.)नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।
6.)मध्यपाषाण जीवनशैलीको छोटो विवरण दिनुहोस्‌ ।
7.) पुरापाषाण जीवनशैलीको छौटो बिवरण दिनुहोस्‌।
8.) ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।‘ तर्क दिनुहोस् ।
9.)‘कृषि युग व्यवस्थित बसोबास र सभ्य विकासको जग हो ।’ पुष्टि गर्नुहोस् ।
10.)मेसोपोटामियाको कृषि क्रियाकलापका बारेमा छोटो चर्चा गर्नुहोस् ।