Search answer for your unanswered questions.

Class : 11
Unit : सञ्चार


प्रभावकारी सञ्चारका अवरोधहरु उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सञ्चार प्रणालीमा विभिन्न तत्वहरुले बाधा उत्पन्न गर्दछन् । प्रभावकारी सञ्चारमा देखा परेका प्रमुख अवरोधहरु निम्नलिखित छन्: i) मनोवैज्ञानिक अवरोध (Psychological Barriers):- व्यक्तिको मनोवैज्ञानिक अवस्थाले पनि सञ्चार प्रवाहमा अवरोध हुन सक्छ । रिस र आवेगको अवस्थामा गरिएको सूचनाले नकारात्मक प्रभाव दिन सक्छ । त्यस्तै रिस र आवेगको अवस्थामा सूचना ग्रहण गर्दा सूचनाले चाहेको अभिप्राय: पूरा न हुन सक्छ । सूचना पठाउने व्यक्तिले सूचनालाई पढि प्रभावकारी बनाउन अनावश्यक थपघट गरेमा सूचनाले दिन चाहेको अभिप्राय: पुरा हुँदैन । यसबाट सूचनाको अर्थको अनर्थ बन्न सक्छ । व्यक्तिको अनुभव, ज्ञान, पृष्ठभूमि आदि व्यक्तिगत गुणका आधारमा पनि सही सूचना पठाउने वा प्राप्त गर्ने सम्भावना बढी हुन्छ । बढी सूचना प्रवाह भएमा सूचना प्राप्त गर्नेलाई पनि सूचनाको बोझ बढी भई सही सूचना लिन कठिनाई पर्न सक्छ । उदाहरणका लागि सौन्दर्य प्रशाधनको प्रचारका लागि गरिने सूचना प्रवाहमा महिलाको प्रयोग बढी प्रभावकारी देखिन्छ । ii) भाषिक अवरोध (Semantic Barriers):– भिन्न भिन्न समाज वा समुदायको भाषा फरक फरक हुन सक्छ । देश, धर्म, संस्कृति आदिले भाषामा प्रभाव पार्न सक्छ । सन्देश पठाउने व्यक्तिले प्रयोग गरेको भाषा सन्देश पाउने व्यक्तिले बुझेन भने सञ्चारमा अवरोध हुन्छ । कुनै भाषाको शब्दको प्रयोग अर्को भाषामा अर्कै रुपमा पनि हुनसक्छ । एउटा समुदायको भाषा अर्को समुदायका लागि सन्देश प्राप्त गर्नमा समस्या उत्पन्न गर्न सक्छ । एउटा भाषाले प्रयोग गरेको शब्द अर्को भाषामा अर्कै अर्थमा प्रयोग हुन सक्छ । प्राविधिक शब्दका छोटकरी शब्दको प्रयोगले सन्चार प्रभावकारी नहुन पनि सक्छ । iii) भौतिक अवरोध (Physical Barriers):- भौतिक प्रबन्ध, दुरी, ध्वनी जस्ता कुराहरु भौतिक अवरोध हुन् । सन्देश वा सूचना प्रेषक र प्रापकका बीच उपयुक्त सम्बन्ध हुनुपर्छ । सञ्चार माध्यममा हुने गडबडी, ठूलो आवाज वा सार्है मसिनो अlवाजले सन्देश वा सूचना बुझ्न कठिनाई हुन सक्छ । मौखिक सञ्चारमा लामो दुरीले अवरोध उत्पन्न गर्छ । उदाहरणका लागि फोनमा, टि.भी. मा आदिमा यान्त्रिक गडबडी भएमा सही सन्देश प्रवाह हुन सक्दैनन । iv) सङ्गठनात्मक अवरोध (Organizational Barriers):- सङ्गठनभित्रको आन्तरिक तत्वले समेत सञ्चार प्रक्रियामा बाधा उत्पन्न गर्छ । खराब योजना, जटिल संरचना, मर्यादा, अहं भावना आदिले पनि सञ्चार प्रकृयामा प्रभाव पार्छ । संदेशको साङ्केतिकरण, सञ्चार साधनको प्रयोग तथा रुपान्तरण आदि कार्यले पनि सञ्चार प्रकृया प्रभावित हुन सक्छ र कर्मचारीहरुमा हुने अहं भावनाले पनि सन्देश प्रवाहमा बाधा उत्पन्न हुन सक्छ । अहं भावनाले एकअर्कासँग असल सम्बन्ध राख्न र सरसल्लाह गर्न बाधा पुर्याउँछ । यसबाट सञ्चारको प्रभावकारिता कम हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)होमो नियन्डरथलेन्सिस (Homo neanderthalensis) को छोटो परिचय दिनुहोस्‌ ।
2.)अस्ट्रालोपिथेकस (Australopithecus) जातिको छोटो परिचय दिनुहोस्‌ ।
3.)मस्तेरियन (Mousterian) संस्कृति कस्तो संस्कृति हो ? प्रष्ट पार्नुहोस्‌।
4.)कार्ल मार्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।
5.)तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।
6.)नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरु उल्लेख गर्नुहोस् ।
7.)नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।
8.)मध्यपाषाण जीवनशैलीको छोटो विवरण दिनुहोस्‌ ।
9.) पुरापाषाण जीवनशैलीको छौटो बिवरण दिनुहोस्‌।
10.) ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।‘ तर्क दिनुहोस् ।