Search answer for your unanswered questions.

Class : 11
Unit : सञ्चार


प्रभावकारी सञ्चारका माध्यमहरु उल्लेख गरी तिनीहरुले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सञ्चारका माध्यमहरु : प्रत्यक्ष भेटघाट टेलिफोन मोबाइल फोन रेडियो टेलिभिजन चिठीपत्र पत्रपत्रिका इन्टरनेट फ्याक्स भिडियो आदि । मानिसको जीवनमा सञ्चारको माध्यमले ठूलो प्रभाव पार्छ । सञ्चारको माध्यमको अभावमा मानिसको जीवन आदिम युग सहरको अनुमान गर्नुपर्ने हुन्छ । आज सारा विश्वमा एकअर्कासँग सम्पर्क गर्न, संसारको विभिन्न स्थानहरुमा घटेका घटनाहरू जान्न, व्यवसायबारे प्रचार प्रसार गर्न, एक स्थान वा व्यक्तिबाट अर्को स्थान वा व्यक्तिसम्म सन्देश प्रवाह गर्न आदि विभिन्न कार्यहरुमा लागि सञ्चार माध्यमको आवश्यकता पर्छ । मेरो जीवनमा सञ्चारका विभिन्न माध्यमहरुले प्रभाव पारेका छन् । तीनमध्ये केहीको विश्लेषण यहाँ गरिएको छ : i) मोबाइल फोन:- मोबाइल फोनले मलाई साथीभाइ तथा आफन्तहरुसँग सम्पर्क गर्न मद्दत गरेको छ । मोबाइल फोनबाट मलाई इन्टरनेटको सहयोगले आफूले नजानेको पाठ्यवस्तु अध्ययन गर्ने सहयोग पुर्याएको छ । ii) इन्टरनेट:- इन्टरनेटले मलाई अध्ययनमा मद्दत गरेको छ । इन्टरनेटका माध्यमबाट मलाई साथीहरुसँग फेसबुक मार्फत् समूह बनाई जानकारी आदान प्रदान गर्नमा सहयोग मिलेको छ । iii) टेलिभिजन:- टेलिभिजनबाट देश विदेशमा घटेका विभिन्न घटनाहरुको बारेमा जानकारी पाइन्छ । विश्वमा भइरहेको सामाजिक, राजनैतिक, भौतिक, धार्मिक तथा सांस्कृतिक गतिविधिहरुको बारेमा जानकारी पाइन्छ। साथै विदाको समयमा मनोरञ्जनको माध्यम पनि टेलिभिजन नै हुने गर्दछ । iv) पत्रपत्रिका:- पत्रपत्रिकाबाट स्थानीय गतिविधीहरुको बारेमा जानकारी मिल्छ । महत्वपूर्ण विषयमाथि विभिन्न व्यक्तिहरुको विचार र टिप्पणी पढ्न पाइन्छ । नयाँ नयाँ अन्वेषणहरुको बारेमा पनि जानकारी पाइन्छ । v) भेटघाट:- महत्त्वपूर्ण संवाद गर्नु परेमा वा जानकारी लिनु परेमा प्रत्यक्ष भेटघाट गरी जानकारी लिने गर्छु र साथीहरुले जान्न चाहेको जानकारी दिन्छु ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)अस्ट्रालोपिथेकस (Australopithecus) जातिको छोटो परिचय दिनुहोस्‌ ।
2.)मस्तेरियन (Mousterian) संस्कृति कस्तो संस्कृति हो ? प्रष्ट पार्नुहोस्‌।
3.)कार्ल मार्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।
4.)तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।
5.)नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरु उल्लेख गर्नुहोस् ।
6.)नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।
7.)मध्यपाषाण जीवनशैलीको छोटो विवरण दिनुहोस्‌ ।
8.) पुरापाषाण जीवनशैलीको छौटो बिवरण दिनुहोस्‌।
9.) ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।‘ तर्क दिनुहोस् ।
10.)‘कृषि युग व्यवस्थित बसोबास र सभ्य विकासको जग हो ।’ पुष्टि गर्नुहोस् ।