Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्ध


सामाजिक अध्ययन र सामाजिक शिक्षाबिचको अन्तरसम्बन्ध दर्शाउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मानिस समाजिक प्राणी हो । मानिसले आवश्यकताअनुसार समाज, राष्ट्र र विश्वमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । देशको प्रशासक भई , किसान भई, उद्धमी भई, सैनिक भई, प्रहरी भई, शिक्षक भई, आदि विभिन्न क्षेत्रमा काम गर्नुपर्छ । यसरी काम गर्दा मानिसमा विभिन्न सिप, अभिवृत्ति र ज्ञानको आवश्यकता पर्छ । सानीमा लागेको बानी पछिसम्म रहन्छ भन्ने उखानअनुसार विधार्थी अवस्थादेखि नै आवश्यक ज्ञान, सिप र अभिवृत्तिको विकास गर्नुपर्छ । यसता सिपहरूको सिकाइ समाजमा हुने विभिन्न गतिविधिहरुबाट प्राप्त हुन्छ । यी सिपहरु समाजिक शिक्षासँग सम्बन्धित छन् । यी सिपहरूको सिकाई समाजबाट हुने अनौपचारिक शिक्षा हुन् । परिवार तथा समाजका मान्यजनहरुलाई गर्ने आदरसत्कार , सहकार्य , सहयोग , सौहाद्र , सहिष्णुता , आफ्नो संस्कृति र परम्परा मानवीय मूल्य र मान्यताहरु, सामाजिक शिक्षाका मुख्य विषय वस्तुहरू हुन् । यी सिपहरुको ज्ञान परिवार, समाज र परिवेशबाट प्राप्त हुन्छ । समाजिक अध्ययन विषयले पनि विद्यार्थीहरुमा भावी जीवन सार्थक रुपमा यापन गर्न ठुलावडालाई सम्मान, सहकार्य, सहयोग, सिर्जनात्मक सोच, नैतिकता, मानवीय मूल्य र मान्यताहरु, आफ्नो संस्कार परम्पराको ज्ञान, आधुनिक सूचना र प्रविधिको ज्ञान आदि गुणहरुको विकास गर्ने सिकाई हो । यसैले मानवीय जीवनसँग सम्बन्धित विभिन्न सिप अभिवृद्धि नैतिकता, ज्ञान आदिको सिकाइ गर्ने दुवै विधाका मूख्य विषयवस्तुहरू हुन् । यसैले यी दुवै विषयहरु एकअर्कासँग सम्बन्धित छन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरुको सूची तयार गर्नुहोस् ।
2.)‘निर्णय निर्माण जटिल र व्यावहारिक काम हो ।’ यस भनाइलाई आफ्ना तर्कले पुष्टि गर्नुहोस् ।
3.)समस्या भनेको के हो ?
4.) समस्या कसरी पहिचान गरिन्छ ?
5.)समस्या समाधानका मुख्य चरण के-के हुन् ।
6.) समस्याको निष्कर्ष कसरी निकालिन्छ ?
7.)सञ्चार भनेको के हो ? सञ्चार कति प्रकारका हुन्छन् ? सञ्चारका तत्वहरुको सूची बनाउनुहोस् ।
8.)प्रभावकारी सञ्चारका अवरोधहरु उल्लेख गर्नुहोस् ।
9.)प्रभावकारी सञ्चारका माध्यमहरु उल्लेख गरी तिनीहरुले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस् ।
10.)प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।