Search answer for your unanswered questions.

Class : 11
Unit : निर्णय प्रक्रिया


‘निर्णय निर्माण जटिल र व्यावहारिक काम हो ।’ यस भनाइलाई आफ्ना तर्कले पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : निर्णय गर्न हरेकसमय त्यति सजिलो हुदैँन । यसका लागि कति पटक सोच्नुपर्छ, छलफल गर्नुपर्छ, समाधानका लागि विकल्पहरुको खोजी गरी ठिक विकल्प पहिचान गरी निर्णय लिनु पर्छ । निर्णय गर्दा कागजमा टिपेर वा लेखेर मात्र पुग्दैन । यसका व्यवहारिक पक्षका बारेमा पनि ध्यान दिनुपर्छ । काम गर्दै जाँदा वा काम थाल्न लाग्दा समस्याहरु आउन सक्छन् । आर्थिक समस्या, पारिवारिक समस्या, कानुनी समस्या, वातावरण, समाज आदि हुन सक्छन् । यसका लागि ती समस्या किन भए, यसको मुख्य कारण के हो, आदिको बारेमा खोजी गर्नुपर्छ । यो काम व्यक्तिले व्यवहारिक रुपमा गर्नुपर्ने हो । यसका सैद्धान्तिक पक्ष पनि व्यक्तिले विश्लेषण गर्नुपर्छ । समस्यासँग सम्बन्धित पक्षहरु के के हुन, विष्लेषण गरी सोलाई निराकरण गर्न के के गर्नुपर्छ । घर परिवारसँग सोधपुछ, स्रोत र साधनको खोजी, सोको निराकरण गर्नका लागि सम्बन्धित अन्य पक्षहरु, विकल्पहरूको राम्रो तथा नराम्रो पक्षहरु, कुन विकल्पको सबैभन्दा कम नराम्रो प्रभाव रहेछ, सो विकल्प छनौट गर्दा के कति राम्रो प्रभाव पर्छ, कति लाभ हुन सक्छ, सो विकल्प रोज्दा तथा अन्य पक्षहरुसँग सरसल्लाह गर्नुपर्छ, सो विकल्प कार्यान्वयन गर्न केही अप्ठ्याराहरु आउन सक्छन्, आदि सबै सबै कुरा सोच्नुपर्छ । अनि मात्र निर्णय लिन सकिन्छ । यसैले निर्णय निर्माणलाई जटिल र व्यवहारिक काम भनिएको हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)असल नेतृत्व विकास गर्न के के गर्न सकिन्छ ?
2.) टोलीकार्य भनेको के हो र यसबाट कसरी नेतृत्व विकास हुन्छ ?
3.) मानवको जैविकीय उदविकासको छोटो परिचय लेख्नुहोस् ।
4.)अस्ट्रालोपिथेकस र होमो हयाबिलिसबिचका समानता र भिन्नता प्रस्ट पार्नुहोस् ।
5.)होमो जातिका विशेषताहरू लेख्नुहोस् ।
6.)होमो इरेक्टस (Homo erectus) को छोटो परिचय दिनुहोस्‌ ।
7.)होमो नियन्डरथलेन्सिस (Homo neanderthalensis) को छोटो परिचय दिनुहोस्‌ ।
8.)अस्ट्रालोपिथेकस (Australopithecus) जातिको छोटो परिचय दिनुहोस्‌ ।
9.)मस्तेरियन (Mousterian) संस्कृति कस्तो संस्कृति हो ? प्रष्ट पार्नुहोस्‌।
10.)कार्ल मार्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।