Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्ध


सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार हो’ , यस भनाइलाई पृष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सामाजिक विज्ञानअन्तरगत भूगोल, इतिहास, अर्थशास्त्र, दर्शनशास्त्र, समाजसास्त्र, मानवशास्त्र, नागरिकशास्त्र, राजनीतिशास्त्र, जनसंख्याशास्त्र, नीतिशास्त्र र मनोविज्ञान आदि विषयहरू पर्दछन् । यी सबै बिषयहरु मानव जीवनसँग सम्बन्धित छ । समाजिक विज्ञान अन्तरगत यी विषयहरूको गहन अध्ययन गरिन्छ । यसका सैद्धान्तिक पक्ष तथा व्यवहारिक पक्ष पनि अध्ययन गरिन्छ तर, समाजिक विज्ञानअन्तर्गत बढी मात्रामा सैद्धान्तिक पक्षको अध्ययन गरिन्छ । यस्ता विषयहरूमा अध्ययन गरेन पाठ्यवस्तुहरु विषयविज्ञहरुले तयार पार्छन् । यस्ता विषयहरूको अध्ययन उच्च तहसम्म हुन्छ । समाजलाई गतिशील राख्नुपर्छ । समाजलाई व्यवस्थित र सन्तुलनमा राख्न राज्यको पनि आवश्यकता पर्छ । राज्यमा रहेका मानिसहरूको हितमा लागि कल्याणकारी काम गर्नुपर्ने हुन्छ । विश्वका अन्य मुलुकहरुसँग मैत्रीपुन सम्बन्ध राखी देशमा शान्ति, समृद्धि र सुव्यवस्थाको बारेमा काम गर्नुपर्ने हुन्छ । यसका लागि सिर्जनात्मक सोच भएका इमान्दार, नैतिकवान, राष्ट्रभक्त, आफ्नो परम्परा तथा संस्कृतिको रक्षा गर्ने दक्ष नागरिकहरूको आवश्यकता पर्छ । यसैले यस्ता गुणहरुको विकास विद्यार्थीहरूमा विद्यालय तहदेखि नै गर्नुपर्छ, जसबाट पछि सो विद्यार्थी योग्य नागरिक भए देशको काममा सहभागी बन्न सकुन् । यसकारण समाजको आवश्यकता, राष्ट्रको माग र मानव समुदायको चाहनाअनुरुपका विषयवस्तुहरु, समाजिक विज्ञानका विषयहरुबाट समाजिक अध्ययनका पाठ्यवस्तुमा संयोजन गरिएका हुन्छन् । उदाहरणका लागि भूगोलबाट आफ्नो देश तथा विश्वका अन्य मुलुकहरुको भौतिक जानकारी, अर्थशास्त्रबाट आर्थिक क्रियाकलापबारे जानकारी, इतिहासबाट आफ्नो देश तथा विश्वको अन्य देशको विगत बारे जानकारी, राजनीतिशास्त्रबाट विभिन्न राजनैतिक संगठनहरूको गठन तथा कार्य पद्धति , नागरिकशास्त्रबाट नागरिकहरु अधिकार तथा कर्तव्य, जनसंख्याशास्त्रबाट आफ्नो देशको जनसङ्ख्यालाई व्यवस्थित गर्न सक्ने ज्ञान, नीतिशास्त्रबाट नैतिकता र सच्चरित्र तथा इमान्दारी आदि गुणहरूको विकास गर्ने पाठ्यवस्तुहरू समावेश गरिएका छन् । समाजिक विज्ञानले सैद्धान्तिक पक्षसँग सम्बन्ध राख्छ र विषयविज्ञ उत्पादनमा सघाव पुर्याउँछ । सामाजिक अध्ययनले विद्यार्थीहरूमा सकरात्मक गुणहरु विकास गरी भविष्यमा हुने दक्ष, चरित्रवान र परिश्रमी नागरिक उत्पादन गर्नमा सघाउ पुर्याउँछ । समाजिक अध्ययन र समाजिक विज्ञान दुवै मानव जीवनसँग सम्बन्धित छन् । दुवै विषयले मानिसलाई सफल एवं स्वस्थ जीवन यापन गर्ने ज्ञान दिन्छन् । यसैले समाज र राष्ट्रको आवश्यकता तथा मानव समुदायको चाहना अनुरुपका पाठ्यवस्तुहरु समाजिक विज्ञानका विभिन्न विषयहरुबाट लिएर समाजिक अध्ययन विषय निर्माण गरिएको हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.