Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्ध


सामाजिक अध्ययन र सामाजिक शिक्षा र सामाजिक विज्ञानबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सामाजिक विज्ञान, सामाजिक शिक्षा र सामाजिक अध्ययन एकआपसमा जोडिएको विषयहरू हुन् । यी विषयहरु जीवनका विभिन्न पक्षसँग सम्बन्धित छन् । मानिस सामाजिक प्राणी हो । मानिस जन्मेदेखि मृत्युसम्म समाजमा नै रहन्छ । मानिसले आफ्नो जीवन सार्थक बनाउन विभिन्न ज्ञान, सिप र अभिवृत्तिको विकास गर्नुपर्छ । यस्ता सिप, ज्ञान र अभिवृत्ति मानिसले कतिपय विषयको अध्ययनबाट तथा जीवनमा आइपरेका समस्या र यसको समाधान तथा समाजका विविध गतिविधिबाट सिक्दछ । समाजिक विज्ञानले समाजिक जीवनसँग सम्बन्धित विभिन्न विषयको सैद्धान्तिक पक्षको अध्ययन गर्छ । समाजिक अध्ययनले यी विषयहरुको व्यवहारिक पक्षको अध्ययन गर्छ । राजनीतिशास्त्रमा नागरिकको मौलिक अधिकार, संविधान, सरकारको गठन र कार्य तथा चुनाव प्रक्रिया आदिको बारेमा अध्ययन गरिन्छ। राजनीतिशास्त्रका यी सैद्धान्तिक पक्ष हुन् । नागरिकले चुनाव प्रक्रियामा भाग लिन्छ । संसदमा गएर सरकार गठन गर्छ र राज्य सञ्चालन गर्छ । चित्त नबुझेका कुराहरु माथि संविधान प्रदत्त अधिकार प्रयोग गरी आफ्नो पक्ष सरकार समक्ष राख्छ । यसरी मानिसले राजनीतिशास्त्रका व्यवहारिक पक्षको ज्ञान पाउँछ । समाजमा हुने विविध गतिविधिहरु बाट सिकिने अनियमित सिकाइ सामाजिक शिक्षाको पक्ष हुन् । समाजमा यिनै गतिविधिहरुबाट सिकिने अभिवृत्ति, सिप र ज्ञान समाजिक अध्ययन का पक्ष हुन् । समाजिक विज्ञान गहन विषय हो । यसका सैद्धान्तिक पक्षहरु धेरै छन् । सामाजिक अध्ययनले समाजिक विज्ञानका मानव जीवनसँग सम्बन्धित व्यवहार पक्षको मात्र अध्ययन गर्छ । समाजिक शिक्षा तथा समाजिक विज्ञानको क्षेत्र ठूलो छ । समाजिक अध्ययन विषय विद्यालयसम्म मात्र केन्द्रित छ । समाजिक अध्ययन शिक्षक र विद्यार्थीहरुबीच अन्तरक्रिया र सहकार्यबाट सिकिन्छ । समाजिक शिक्षा र समाजिक विज्ञान जोसुकैले पनि अध्ययन गर्न सक्छन् । समाजिक शिक्षाको क्षेत्र असीमित छ तर समाजिक अध्ययनको क्षेत्र सिमित छ । समाजिक विज्ञान, समाजिक शिक्षा तथा समाजिक अध्ययनका आधारमा विषयहरु एउटै छन् । भूगोल, इतिहास, अर्थशास्त्र ,राजनीतिशास्त्र, मानवशास्त्र, जनसंख्याशास्त्र, दर्शनशास्त्र, समाजसास्त्र , नीतिशास्त्र तथा मनोविज्ञान आदि विषयहरू मानिसको जीवनसँग सम्बन्धित विषयहरू हुन् । राज्य सञ्चालन गर्ने, आर्थिक क्रियाकलाप गर्ने, विकास निर्माणका काम गर्ने, स्वस्थ र सफल जीवन यापन गर्ने, सोहार्दपूर्ण वातावरण सिर्जना गर्ने, सहयोग र सहकार्य गर्ने, मानवीय मूल्य र मान्यताहरु अनुरुप आचरण गर्ने, शान्तिपूर्वक सबैसँग मिलेर जीवन यापन गर्ने आदि विभिन्न गुणहरूको विकास गर्न यी विषयहरूको आवश्यकता परेको हो । यी विषयहरु नै समाजिक विज्ञान, समाजिक शिक्षा तथा समाजिक अध्ययनका आधार विषयहरु हुन् । यसैले यी विषयहरु एकअर्कासँग सम्बन्धित छन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.