Search answer for your unanswered questions.

Class : 11
Unit : निर्णय प्रक्रिया


निर्णय निर्माणका प्रकारहरु उदाहरणसहित वर्णन गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : निर्णय निर्माणका प्रकारहरु निम्नलिखित छन् : i) सङ्गठनात्मक निर्णय (Organizational Decision):- कुनै कार्यलय वा संघसंस्थाका पदाधिकारी तथा कर्मचारीबाट कार्यालय वा संस्थाको कामका सम्बन्धमा लिइने निर्णयलाई सङ्गठनात्मक निर्णय भनिन्छ । यस प्रकारका निर्णयहरु कार्यालय वा संस्थाको उद्देश्य प्राप्ति तथा समस्या समाधानसँग सम्बन्धित हुन्छन् । उदाहरणका लागि रघवापुरको नमूना माध्यमिक विद्यालयमा अध्ययन गर्ने १२ कक्षाका परीक्षार्थीहरूको अन्तिम परीक्षाको परीक्षाफल उत्साहजनक नदेखिएकोले आगामीवर्ष देखि १०० पूर्णाङ्कको प्रवेश परीक्षा लिने, सोमा ५०% अङ्क ल्याउने विधार्थीको भर्ना लिने साथै कक्षा १२ का विधार्थीहरुका लागि छात्रावासको व्यवस्था गरी शिक्षकहरुको निगरानीमा अध्ययन अध्यापन गराउने निर्णय लिइएको थियो । ii) व्यक्तिगत निर्णय (Personal Decision):- व्यक्तिले आफ्नो दैनिक जीवनयापनका सिलसिलामा आफ्नो इच्छानुसार गर्ने निर्णयलाई व्यक्तिगत निर्णय भनिन्छ । यस्ता किसिमका निर्णय व्यक्ति स्वयम्बाट लिइन्छ । यस्ता किसिमका निर्णयको प्रभाव निर्णय लिने व्यक्तिमा बढी सीमित हुन्छ । उदाहरण; सरकारले कृषिमा अनुदान दिने घोषणा गरेको छ । तराई ग्रामीण भेगको रामनारायण चौधरीको दुई विघा खेत छ ।उसलाई धान खेतीबाट आएको आयले घर खर्च चलाउन धौधौ पर्छ । अब उसले कृषि कार्यालयबाट तरकारी खेती गर्न तालिम लिएर बेमौसमी तरकारी खेती गर्ने निर्णय लियो र तरकारी खेती गर्न सुरु गर्यो । घरपरिवारका मानिसहरुले पनि उनलाई सघाएका छन् । यसबाट उनलाई मनग्ये आम्दानी भएको छ । iii) सामूहिक निर्णय (Group Decision):- आपसी हित वा भलाइका लागि सम्बन्धित व्यक्तिहरु एक आपसमा मिली गरिने निर्णयलाई सामूहिक निर्णय भनिन्छ । यस किसिमका निर्णयमा एकभन्दा बढी व्यक्तिहरु सहभागी हुन्छन् । यस्ता निर्णयमा धेरै जनाको सहभागिता हुने हुँदा कार्यान्वयन सहजता हुन्छ । उदाहरण; मधवापुरगाउँपालिकाका वार्ड नं. ३ का जानकी टोलका १० परिवारले सहकारी खेती गर्ने विचार गरे यसका लागि गाउँका जे.टी.ए. तथा पशु चिकित्सकसँग सहयोग लिने पनि निधो गरे । उनीहरुले दसैँ परिवारका खेतहरुमा तरकारी खेती गर्ने, माछापालन गर्ने, कुखुरा पालन गर्ने तथा १० थान जर्सी गाई पाल्ने विचार गरे । उनीहरु एउटा समिति बनाए तरकारी खेती गर्ने खेत, माछा पोखरी बनाउने , मासुका लागि ५०० थान कुखुरा र अन्डाका लागि ५०० थान कुखुरा पाल्न हुने घर बनाउने ठाउँ र गाई पाल्ने ठाउँ छुट्याए । साथै खेतमा काम गर्ने, गाई स्याहार गर्ने, माछा पोखरी हेर्ने तथा कुखुरा हेर्नेका लागि परिवारहरु छुट्याए । कृषि विकास बैङ्कबाट आवश्यक ऋण लिएर काम सुरु गरे । हाल सो सहकारी संस्थाले राम्रै आम्दानी गर्दै आएको छ । iv) विवेकशील निर्णय (Rational Decision):– विभिन्न विकल्पहरुको पहिचान गरी तथ्य तथा प्रमाणहरुको विश्लेषणबाट प्राप्त निष्कर्षका आधारमा उपयुक्त तथा सर्वोत्तम विकल्पको छनोट गरी गरिने निर्णयलाई विवेकशील निर्णय भनिन्छ । उदाहरण- विकास टोलकी रमिता लामिछानेले प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरिन् ।अब यस पछि के अध्ययन गर्ने भन्ने प्रश्न उठायो । मानविकी कक्षा लिने कि वाणिज्य कक्षा लिने, होटल व्यवस्थापन पढ्ने कि विज्ञानतर्फ पढ्ने । घरपरिवारबाट बढी खर्च गर्ने क्षमता छैन । साधारण जागिर खाएर घरपरिवार कसरी धान्ने । बरु नर्सिङमा पढ्दा वेस होला । उतीर्ण गरेपछि अस्पतालमा जागिर पाइने । तलब पनि राम्रै आउने। नर्सिङमा नै उच्च शिक्षा लिने अवसर पाइने । अस्पतालबाट चिकित्सा सुविधा पनि पाइने । फुर्सदमा अन्य ठाउँमा पनि काम गर्न पाइने । घर परिवारलाई सहयोग हुने । यसको अध्ययनका लागि घरबाट पनि सहयोग हुने । यसैले उनले नर्सिङ पेशा अपनाउन नर्सिङ अध्ययन गर्ने विचार गरिन । v) बढोत्तरी निर्णय (Incremental Decision):– पहिले गरेको निर्णयलाई आधार मानी भइरहेका कामरहरुलाई थप परिमार्जन वा सुधारगर्ने गरी लिइने निर्णयलाई बढोत्तरी निर्णय भनिन्छ । जस्तै: कुनै विधालयमा गत वर्षदेखि पूर्वाधार सुधार कार्यक्रम सञ्चालन भइरहेकोमा आगामी वर्षदेखि व्यवस्थित पुस्तकालय सञ्चालन गर्ने लिइएको निर्णयलाई मान्न सकिन्छ l vi) सहभागितामूलक निर्णय (Participative Decision):– लक्षित समूह, सरोकारवालाहरू वा लाभग्राहीको फाइदा वा हितका लागि गरिने कार्यहरूमा उनीहरुलाई पनि निर्णय प्रक्रियामा सहभागी गराई गरिने निर्णयलाई सहभागितामूलक निर्णय भनिन्छ । जस्तै: कुनै सुकुम्बासी टोलको खानेपानीको समस्या समाधान गर्न स्थानीय गाउँपालिका र वडाअध्यक्ष तथा स्थानीय टोलका प्रतिनिधिहरु मिली छलफल गरे । यसका लागि नजिकको खोलाबाट पानी ल्याउने विचार गरियो । यसका लागि ट्याङ्की निर्माण, पाइपलाइनओछ्याउने, ठाउँठाउँमा भल्भहरु राख्ने र हरेक परिवारमा धारा जडान गर्न लाग्ने खर्चको अनुमानित लागतयत इन्जिनियरबाट तयार गराउने । सो लाग्ने खर्चको आधा गाउँपालिकाले अनुदान दिने तथा बाँकी खर्चका लागि सबै घरपरिवारले दामासाहीका दरले ब्यहोर्ने निर्णय गरे ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics