Search answer for your unanswered questions.

Class : 11
Unit : निर्णय प्रक्रिया


निर्णय निर्माण पहिचान दिनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : निर्णय निर्माण भनेको समस्या समाधानका लागि विभिन्न विकल्पहरुमध्येबाट उत्तम विकल्प छनौट गर्न एउटा निश्चित प्रक्रिया पूरा गरी निर्णय लिने तरिका हो । जर्ज आर. टेरिका अनुसार, ‘दुई वा दुईभन्दा बढी सम्भाव्य विकल्पहरुमध्येबाट एउटा सबैभन्दा राम्रो विकल्प छनौट गर्ने प्रक्रियालाई निर्णय निर्माण भनिन्छ ।’ हेरोल्ड कुन्ज र हेन्ज वेरिचका अनुसार, ‘विकल्पहरुबिच उत्तम विकल्प छनोटका साथै योजना तर्जुमाको जगनै निर्णय निर्माण हो ।’ जीवनमा अध्ययन गर्दा वा जीवन यापन गर्दै जाँदा हाम्रा सामु विभिन्न समस्या आइपर्छन् । कुन विधा अध्ययन गर्ने , कहाँ गर्ने, अध्ययन सकिएपछि कुन पेशा अङ्गाल्ने, आफ्नो जीविका कसरी चलाउने, सामाजिक परिस्थितिहरुसँग कसरी सामञ्जस्य स्थापित गर्ने, देशका विभिन्न गतिविधिहरुमा आफूलाई कसरी सहभागी गराउने आदि समस्याहरु आइपर्छन् । यी समस्याहरु समाधानका लागि विभिन्न विकल्पहरूको खोजी गर्नुपर्छ । अरुसँग सरसल्लाह लिनुपर्छ । विकल्पहरुको सकारात्मक तथा नकारात्मक प्रभावहरु विश्लेषण गर्नुपर्छ । ती सम्भाव्य विकल्पहरुमध्ये कुन विकल्प रोज्दा भविष्यमा सफल जीवन बिताउन सकिन्छ , यी सब विचार गरी निर्णय लिनुपर्छ र कार्यान्वयन गर्नुपर्छ । देशमा पनि कतिपय समस्याहरु आइपर्छन् । देशका उच्च तहका प्रशासकहरूले देश तथा अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी सम्भाव्य विकल्पहरुको खोजी गरी विश्लेषण विकल्पको छनोट गरी कार्यान्वयन गर्नुपर्छ । यही उत्तम विकल्प छनोट गर्ने प्रक्रिया नै निर्णय निर्माण हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.