Search answer for your unanswered questions.

Class : 11
Unit : स्वस्थ जीवनशैली र हाम्रो दैनिक


‘पर्याप्त आराम र निन्द्राले दैनिक जीवनमा उर्जा प्रदान गर्दछ’, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : आराम शरीरलाई आवश्यक हुन्छ । आराम गरेन भने काम गर्ने क्षमतामा कमी आउँछ । शरीरले एकहोरो धेरै समय काम गर्न सक्दैन । यसका लागि आराम चाहिन्छ । आराम गरेपछि शरीरको थकाई मेटिन्छ । आरामले कार्यदक्षता र सिर्जनात्मक शक्ति बढाउन मद्दत गर्छ । आरामले मानिसलाई पुर्नताजगी बनाउँछ र थप ऊर्जा प्रदान गर्छ । आराम मानिसहरूले प्राय: राति गर्ने गर्छन् । तर एकहोरो धेरै समय काम गर्दा पनि बिच बिचमा केही समय आराम गर्दा थप शक्ति प्राप्त हुन्छ । निद्राले हाम्रो दिमागी कोषिकाहरू मरम्मत गर्छ र तन्दुरुस्त राख्न ठूलो भूमिका खेल्छ । हामीलाई काम गर्न ऊर्जा प्राप्त गर्न आराम र निद्रा दुवै चाहिन्छ । मानिसले कति सुत्ने भन्ने कुरा मानिसका अवस्था, उमेर र कामको प्रकृतिमा भर पर्छ । मानिसलाई गहिरो निद्रा राम्रो मानिन्छ । सामान्यत: वयस्क मानिसलाई ५ देखि ७ घण्टा सम्मको निद्रा राम्रो मानिन्छ । बेलुका चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी राम्रो मानिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.