Search answer for your unanswered questions.

Class : 11
Unit : स्वस्थ जीवनशैली र हाम्रो दैनिक


खेलकुदबाट के के फाइदाहरू लिन सकिन्छ ? उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : - खेलकुदबाट निम्न फाइदाहरू लिन सकिन्छ : – यसले तनाव हटाउन मद्दत मिल्छ । खेलकुदमा ध्यान केन्द्रित रहने हुँदा अरूतिरको चिन्ता हटेर जान्छ । – यसले वर्तमानमा जिउने कला सिकाउँछ । खेल खेल्दा त्यसबेला खेलमै ध्यान दिनुपर्ने हुन्छ । – यसबाट समयको व्यवस्थापन हुन्छ । – यसले शरीरलाई स्वस्थ बनाउँछ । शरीर फुर्तिलो हुन्छ । – खेलकुदमा संलग्न मानिसलाई राति राम्रो निद्रा लाग्छ । – खेलकुद समूहमा खेलिने हुनाले साथीहरूसँग सहकार्य गर्न तथा सहयोग गर्ने र लिने व्यवहारको विकास गर्छ । – खेलकुदमा व्यस्त रहने हुँदा अनावश्यक कुराहरूतिर सोच जाँदैन । – खेलकुदमा प्रतिस्पर्धा पनि गर्नुपर्ने हुनाले सिर्जनात्मक प्रतिभा विकास गर्ने मौका प्राप्त गर्छ । प्रतिद्वन्द्वीलाई कसरी जित्न सकिन्छ भन्ने कुरा सोच्ने बानी विकास हुन्छ । – खेलकुदले अनुशासनमा रहन सिकाउँछ। हार र जितलाई सामान्य रूपमा लिई संयमित हुन पनि यसबाट सिकिन्छ । – खेलकुदबाट रोजगारीको अवसर प्राप्त हुन्छ । आजकल खेलकुद पनि व्यवसायिक बन्दै गएकाले जीविका चलाउने अवसर प्राप्त हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.