Search answer for your unanswered questions.

Class : 11
Unit : स्वस्थ जीवनशैली र हाम्रो दैनिक


मनोरञ्जनका उपायहरू के के हुन्, यसबाट हुने फाइमा सेल्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मनोरञ्जनका उपायहरू यी हुनसक्छन्- विभिन्न समारोह, धार्मिक सत्सर्ग, भजनकीर्तन, पत्रत्रिका, हास्यव्यङ्ग्य, खेलकुद, सङ्गीत, नाटक, गायन, नृत्य, टि.भी., चलचित्र, जुवातास आदि । भजनकीर्तन, पत्रपत्रिका, अध्ययन, खेलकुद, नाटक, नृत्य, धार्मिक सत्सर्ग, सङ्गीत आदि सिर्जनात्मक काम गरी मनोरञ्जन गर्न सकिन्छ । स्वास्थ्य मनोरञ्जनका साधनबाट मनोरञ्जनका सबै रमाइलो पनि हुन्छ । समयको सदुपयोग पनि हुन्छ । हिजो आज सूचना प्रविधिमा आधारित सामग्रीमा मनोरञ्जनका लागि बढी समय दिइएको देखिन्छ । यसबाट सामाजिक सम्बन्धमा बाधा पुर्याएको छ । सामाजिकीकरणमा समस्या सिर्जना भएको छ। यस्ता मनोरञ्जनका साधनबाट विद्यार्थीहरूको सिकाईमा पनि नकारात्मक प्रभाव परेको छ। मनोरञ्जनले मानिसहरूले कामको थकाई विर्सन्छन् । हाँसो र खुसीले मानिसमा ताजगी र उत्साह उत्पन्न गर्छ । तनाव समाप्त हुन्छ । फेरि काम गर्ने प्रेरणा पाइन्छ । रिसराग हराउँछ । आपसी सम्बन्ध राम्रो हुन्छ । सामाजिकीकरणमा सहयोग मिल्छ । सिर्जनशीलताको विकास हुन्छ । तर हामीले अस्वस्थ मनोरञ्जनका उपायहरू अवलम्बन गर्नुहुँदैन । अस्वस्थ मनोरञ्जनका उपायले नकारात्मक सोच बढाउँछ र सामाजिकीकरणमा समस्या उत्पन्न गर्छ । जुवातासले घरपरिवारमा तनाव सिर्जना हुन्छ । धनसम्पत्ति नाश हुन्छ । मानिसलाई कङ्गाल बनाउँछ र अपराधतर्फ लैजान्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.