भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण छोटकरीमा वर्णन गर्नुहोस् । |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : नेपाललाई तीन भौगोलिक क्षेत्रमा विभाजन गरिएको छ । ती हुन्- हिमाल, पहाड र तराई । वि.सं. २०६८ को जनगणना अनुसार यी भौगोलिक क्षेत्रहरूको जनसङ्ख्या यसप्रकार रहको पाइन्छ :
क्षेत्र जनसङ्ख्या प्रतिशत
हिमाल १७,८१,७९२ ६.७३
पहाड १,१३,९४,००७ ४३.०१
तराई १,३३,१८,७०५ ५०.२७
जम्मा २,६४,९४,५०४ १००.००
माथिको तालिकामा हिमाली भागमा सबभन्दा कम, त्योभन्दा बढी पहाडी भागमा र सबभन्दा बढी तराई भागमा जनसङ्ख्याको चाप देखिन्छ । हिमाली भागको भूवनोट कठिन छ । यहाँ होचो अग्लो भूभाग छ। माटो उर्वर छैन । यहाँ उत्पादन भएको खाद्यान्नले वर्षभर खान पुग्दैन । खाद्यान्नको उत्पादन बहुत धोरै हुन्छ । यहाँ हिउँदमा हिमपात हुन्छ । असाध्य जाडो हुने हुँदा मानिसहरू बेंसीतिर झर्छन् । कठिन भूवनोटले गर्दा यहां यातायातको विकास भएको छैन् । शिक्षा तथा स्वास्थ्य सुविधाको कमी छ । खानेपानी तथा सञ्चारको सुविधा छैन । सञ्चार, विद्युत् आदिको पनि राम्रो विकास भएको छैन । रोजगारीको सुविधा छैन । कठिन जीवनयापन गर्नुपर्ने भएकोले मानिसहरू बसाई सरेर सुगम क्षेत्रमा जान चाहन्छन् । यस कारण यो क्षेत्रमा जनसङ्ख्या कम छ।
पहाडी भूभागको विषय भूबनोट, होचा अग्ला डाँडाहरू, कम उर्वर माटो, यातायात खानेपानी, सञ्चार, स्वास्थ्य आदिको विकासमा कमी, उद्योग व्यवसायको कमी, रोजगारीको कमी, पैरो जाने आदि कारणले यहाँ पनि जनसङ्ख्या अपेक्षित रूपमा कम नै छ । रोजगारी र सहज जीवन यापनका लागि पहाडी क्षेत्रबाट पनि काठमाडौं र तराईतिर बसाइँ सर्ने क्रम चलेकै छ।
तराईको भूबनोट सुगम छ । समथर जग्गा छ । मलिलो माटो छ । प्रशस्त उब्जनी हुन्छ । उद्योग व्यवसाय पनि प्रशस्त छन् । रोजगारीको सुविधा छ । यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा आदिको सुविधाले गर्दा यहाँ जनसङ्ख्याको चाप बढी छ । यहाँ हिमाल र पहाडी भागबाट पनि बसाइँसराइँ गरेर मानिसहरू आउने गरेका छन्।
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |