Search answer for your unanswered questions.

Class : 11
Unit : जनसङ्ख्या र विकास


जनसङ्ख्या र विकासबिचको सम्बन्ध उदाहरणसहित व्याख्या गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : जनसङ्ख्या र विकासबिच घनिष्ट सम्बन्ध छ । जनसङ्ख्या विकासको आधारभूत तत्त्व हो । जनसङ्ख्याले नै देशमा उपलब्ध स्रोत र साधनलाई उपयोग गरी विकासको गतिलाई अगाडि बढाउन मद्दत गर्छ । मानिसले रहँदा बस्दा जीवनयापन सहज बनाउन विभिन्न उपायहरू सोच्छ । आफ्नो सोचलाई कार्यान्वयन गर्छ । यसरी सोचलाई कार्यान्वयन गर्दा प्राकृतिक सम्पदा र स्रोतलाई प्रयोग गरी नयाँ कुराको खोजी गर्छ र प्रयोग गर्छ । मानिसलाई आवतजावतगर्न कठिनाई भएकाले मानिसले बाटो बनाउन सुरु गरेका होलान् । त्यसरी नै कसैले पाङ्ग्राको आविष्कार गरी गाडा बनाएको होला । आफ्नो आवश्यकता पूरा गर्न घरेलु उद्योग हुँदै ठूला उद्योग खुलेका होलान् । विकासका लागि यातायातको सुविधा बढाउनुपर्छ, उद्योगधन्धा खोल्दा मानिसहरूको आवश्यकता पूर्ति हुनुका साथै रोजगारीको सुविधा प्राप्त हुन्छ । मानिसलाई ज्ञान वृद्धि गर्न शिक्षाको विकास भएको हो। मानिसलाई स्वस्थ राख्न स्वास्थ्य सुविधाको विकास भयो । मानिसलाई आवश्यक पानीको आपूर्तिका लागि खानेपानीको सुविधा विकास गरेको होला । सञ्चार, विद्युत, बैङ्क, वीमा आदिको सुविधा मानिसहरूको सहज जीवन यापनका लागि विकास गरिएका हुन् । विकासका लागि निर्माण कार्य गरिनुपर्छ । निर्माण कार्य गर्ने जनसङ्ख्या नै हो । निर्माण कार्यबाट भएको विकास पनि जनसङ्ख्याका लागि हो । जनसङ्ख्याले सहज र सरल जीवनका लागि विकास गर्छ र विकास पनि जनसङ्ख्याकै लागि हुन्छ । बाटोघाटो मानिसले बनाउँछन् । बाटोघाटो मानिसकै प्रयोगका लागि बनाइन्छ । नयाँ नयाँ तौरतरिकाहरू र प्रविधिहरूको खोजी र प्रयोगले विकास कार्य अगाडि बढ्छ । आज घरमै बसेर विश्वका कुनै पनि ठाउँमा घटेको घटना हेर्न सकिन्छ । घरमै बसेर संसारको कुनै कुनामा रहेका आफन्तसँग कुराकानी गर्न सकिन्छ । आवतजावतमा सहज भएको छ । औषधि उपचारमा सहज भएको छ । जीवनयापन तुलनात्मक रूपमा पहिलेभन्दा अहिले सहज भएको छ । यो सुविधाहरू जनसङ्ख्याको नयाँ सोच र सोको कार्यान्वयन र प्रयोगबाट प्राप्त भएको हो। विकास जनसङ्ख्याले गर्छ । विकास जनसङ्ख्याका लागि हुन्छ । यी दुवैमा यसले घनिष्ट सम्बन्ध रहेको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सहकारीमार्फत् सञ्चालन गर्न सकिने उद्योग व्यवसायहरू उल्लेख गर्नुहोस् ।
2.) हाल नेपालमा सार्वजनिक क्षेत्र कसरी लगानीका लागि काम गरिरहेको छ ? उल्लेख गर्नुहोस् ।
3.)आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेख गर्नुहोस्।
4.)नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको छ। विप्रेषण रकम नभए नेपालको आर्थिक अवस्था कस्तो हुन्थ्यो होला, आफ्ना तकीहरू दिनुहोस् ।
5.)विप्रेषण रकम उत्पादनभन्दा उपभोगमा खर्च भएको अवस्थामा यसको सदुपयोग कसरी गर्न सकिन्छ, बँदागत रूपमा सुझाव दिनुहोस् ।
6.)वैदेशिक रोजगारमा जाने कामदारले के के कुराको जानकारी राख्न आवश्यक छ ? उल्लेख गर्नुहोस् ।
7.)वैदेशिक रोजगारबाट देशको अर्थतन्त्रलाई पर्ने कुनै ५ सकारात्मक र कुनै ५ नकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।
8.) ‘अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्र डामाडोल हुन्छ र सामाजिक अस्थिरता पैदा हुन्छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।
9.) तलको तालिका भर्नुहोस् : स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय अनौपचारिक कारोवारलाई नियन्त्रण गर्ने उपाय औपचारिक कारोवारलाई व्यवस्थित गर्ने उपायहरू
10.)औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन ?