Search answer for your unanswered questions.

Class : 11
Unit : जनसङ्ख्या र विकास


‘नेपालको बाग्मती प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या र कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या हुनुको कारण पत्ता लगाउनुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालको प्रादेशिक जनसङ्ख्या वितरणमा सबभन्दा बढी जनसङ्ख्या बाग्मती प्रदेशमा देखिन्छ । बाग्मती प्रदेशमा मलिलो माटो पाइन्छ । यहाँ खाद्यान्नका साथै नगदे बालीको पनि प्रशस्त उत्पादन हुन्छ । यो प्रदेशमा विस्कुट, सिमेन्ट, वियर, कपडा, ईट, टायल, साबुन लगायत अनेकौं उद्योगहरू सञ्चालित छन् । बाग्मती प्रदेशमा नै देशको राजधानी छ । विदेशी दूतावासहरू पनि यही रहेका छन् । यहाँ राष्ट्रिय निकुञ्ज रहेको छ । साथै पशुपतिनाथ लगायतका अनेकौं मठमन्दिरहरू पनि छन् । अन्तर्राष्ट्रिय विमानस्थल पनि यही छ । यहाँ वर्षैभरि विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालित भइरहन्छन् । प्रत्येक वर्ष यहाँ लाखौं पर्यटक आउँछन् । यहाँ यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योग व्यवसाय आदिको विकास भएको छ । यहाँ रोजगारीको प्रशस्त सुविधा छ । यसैले यहाँको जनसङ्ख्या बाक्लो छ । कर्णाली प्रदेशको भूबनोट विषम छ । यहाँको अधिकांश भाग होचो अग्लो भूभागले भरिएको छ । माटो कम उर्वर छ । यहाँ खाद्यान्नको उत्पादन कम हुन्छ । यहाँको उत्पादनले वर्षभरि खान पुग्दैन । हरेक वर्ष यहाँ खाद्यान्नको अभाव हुन्छ । यहाँको हावापानी चिसो छ । हिउँदमा उच्च पहाडी क्षेत्रमा हिमपात हुन्छ । यहाँ यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार आदिको विकास भएको छैन । यहाँ उद्योग व्यवसायको विकास भएको छैन । खानेपानीको र विद्युतको समस्या छ । रोजगारीको सुविधा छैन । रोजगारीको खोजीमा यहाँ मानिसहरू सुगम स्थानतिर बसाइँ सर्ने गर्छन् । यसैले यहाँको जनसङ्ख्या कम छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेख गर्नुहोस्।
2.)नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको छ। विप्रेषण रकम नभए नेपालको आर्थिक अवस्था कस्तो हुन्थ्यो होला, आफ्ना तकीहरू दिनुहोस् ।
3.)विप्रेषण रकम उत्पादनभन्दा उपभोगमा खर्च भएको अवस्थामा यसको सदुपयोग कसरी गर्न सकिन्छ, बँदागत रूपमा सुझाव दिनुहोस् ।
4.)वैदेशिक रोजगारमा जाने कामदारले के के कुराको जानकारी राख्न आवश्यक छ ? उल्लेख गर्नुहोस् ।
5.)वैदेशिक रोजगारबाट देशको अर्थतन्त्रलाई पर्ने कुनै ५ सकारात्मक र कुनै ५ नकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।
6.) ‘अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्र डामाडोल हुन्छ र सामाजिक अस्थिरता पैदा हुन्छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।
7.) तलको तालिका भर्नुहोस् : स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय अनौपचारिक कारोवारलाई नियन्त्रण गर्ने उपाय औपचारिक कारोवारलाई व्यवस्थित गर्ने उपायहरू
8.)औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन ?
9.) स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्दछ ?
10.) कारोबार भनेको के हो ? स्थानीय कारोबार, अनौपचारिक कारोबार, तथा औपचारिक कारोबारको परिभाषा दिनुहोस् ।