Search answer for your unanswered questions.

Class : 11
Unit : विश्व इतिहासको लेखन र मूल प्रवृति


इतिहास लेखनका मूल प्रवृतिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : समयको प्रवाहमा मानिससँग सम्बन्धित घटनाहरू वा जानकारीहरू मेटिएर वा बिर्सिएर नजाओस् भनी इतिहास लेखिन्छ । भावी पुस्ताले विगतमा भएका घटनाबारेमा जानकारी पाउँछन् । आफ्ना पूर्वजहरूको कामबारे थाहा पाउँछन् । उनीहरूले स्थापित गरेका मूल्य र मान्यताहरूबाट सिको लिन्छन् । असल कामको गौरव गर्छन् । उनीहरूबाट भएको गल्तीलाई भविष्यमा आफूहरूले नगर्ने सिको सिक्छन् ।अग्रजहरूले दिएको प्रेरणाबाट असल बाटोमा हिड्न सचेत हुन्छन् । इतिहास लेख्ने निम्न प्रवृत्तिहरू देखिएका छन्: i) पहिलेका घटनाहरूको सङ्ग्रहको रूपमा (Antecedents Trend):- यो प्रवृत्तिमा विगतका घटनाहरूलाई समयको क्रमअनुसार विवरण मात्र टिपेर जस्ताको तस्तै सङ्ग्रह गरी इतिहास तयार गरिन्छ। यसमा घटनाप्रति कुनै विश्लेषण गरिएको हुँदैन । ii) विश्लेषणात्मक इतिहास लेखन (Annalistic Trend):- यो प्रवृत्तिका जन्मदाता रोमन इतिहासकार ग्नायस जेलियस हुन् । यो प्रवृत्तिमा कुनै घटना वा तथ्य जहिलेसम्म र जसरी विकसित हुँदै जान्छ तबसम्म त्यसको अध्ययन र विश्लेषण गर्दै त्यसका बारेमा विस्तारमा इतिहास लेख्ने क्रम भइरहन्छ। iii) प्रबन्धात्मक लेखन प्रवृत्ति (Monographic Trend):- यो प्रवृत्ति विश्वभरि प्रचलित छ । यो प्रवृत्तिमा इतिहास लेख्दा ऐतिहासिक घटना वा विषयवस्तुलाई विशेष लेखका रूपमा इतिहासकारको धारणा पनि मिसाएर प्रस्तुत गरिन्छ । यसबाट इतिहास पढ्ने पाठकले इतिहास लेख्ने इतिहासकारको धारणा अनुसार नै आफ्नो धारणा विकसित गर्छ । iv) वैज्ञानिक प्रवृत्ति (Scientific Trend): यो प्रवृत्तिमा तथ्य तथा प्रमाणहरू खोजी गरी सोका आधारमा विषयवस्तुको व्याख्या गरी विश्लेषण गर्दै इतिहास लेख्ने गरिन्छ l
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।
2.)निर्वाचन भनेको के हो ?
3.)आमनिर्वाचन भनेको के हो ?
4.)मतदाता भनेको के हो ?
5.)पहिलो हुने निर्वाचन प्रणाली कस्तो निर्वाचन प्रणाली हो ? प्रष्ट पार्नुहोस् ।
6.)समानुपातिक निर्वाचन पद्धतिको छोटो विवरण दिनुहोस् ।
7.)नेपालमा निर्वाचनमा मतपत्र बदर भएको कुरा सुनिन्छ, यस्तो किन भयो होला ? कारण खोज्नुहोस् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
8.)राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कसरी हुन्छ ?
9.)राष्ट्रिय सुरक्षाको परिचय दिनुहोस् ।
10.)राष्ट्रियता प्रवर्धन गर्ने उपायहरूको सूची तयार पार्नुहोस् ।