Search answer for your unanswered questions.

Class : 11
Unit : पुँजीवादी युग र आधुनिक विश्व


पुँजीवादी समाज र औद्योगिक करणबिचको सम्बन्ध प्रस्ट पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पुँजीवादी समाज र औद्योगिकीकरणबिच गहिरो सम्बन्छ छ । पुँजीवादी समाज औद्योगिक उत्पादनमा नै आधारित हुन्छ । पुँजीवादी समाजमा बढी आय गर्ने उद्देश्य रहन्छ । यो समाजमा निजी सम्पत्तिको महत्त्व हुन्छ । यसकारण गुजारामुखी उत्पादन प्रणालीलाई ठूलो परिमाणमा उत्पादन गर्ने प्रणालीमा विस्थापित गरिन्छ । मानवीय श्रमको सट्टा व्यापकरुपमा मेशिन तथा औँजारहरुको प्रयोग गरिन्छ । बढी उत्पादनलाई बिक्री गर्न बजारीकरण गरिन्छ । सेवाक्षेत्रको विस्तार गरिन्छ । बढी उत्पादनले बढी आय हुन्छ । बढि आयलाई फेरि उत्पादनका साधन वृद्धि गर्न लगानी गरिन्छ । उत्पादनका साधन वृद्धिले औद्योगिकरणमा वृद्धि हुन्छ । रोजगार र उत्पादित वस्तुको बजारीकरणले अझ सहर बजारको वृद्धि हुन्छ । व्यापारीकरणले यातायातको साधनको विकासमा सघाउ पुग्छ । स्टिम इन्जिनलाई विस्थापित गरी जीवाश्म इन्धनबाट चल्ने यन्त्रको विकास भयो । रेलको विकास भयो । समुद्रमा पानीजहाजको विकास भयो । यातायातको विकासले मानिसहरुको दैनिकीमा परिवर्तन ल्यायो । यसपछि सञ्चार तथा ऊर्जाको विकास थपियो । यी सबैमा औद्योगिकीकरणको प्रमुख भूमिका रहयो । औद्योगिकीकरणले उत्पादन वृद्धि गर्यो । यसलाई बजारीकरण गरी बिक्री वितरणले गर्दा पुँजीवादी समाजलाई अझ बल पुर्यायो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.