Search answer for your unanswered questions.

Class : 11
Unit : पुँजीवादी युग र आधुनिक विश्व


युरोपको औद्योगिक क्रान्ति र यसले मानव समाजमा पारेको प्रभाव उल्लेख गर्दै एक संवाद तयार गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (कमला र विमला औद्योगिक क्रान्तिले मानव समाजमा पारेको प्रभावको बारेमा कुराकानी गर्दैछन्) कमला : औद्योगिक क्रान्ति भनेको के हो, विमला ? विमला : कलकारखानामा आएको ठूला परिवर्तनलाई औद्योगिक क्रान्ति भनिएको हो ? यो बेलायतबाट सुरु भयो र विश्वमा नै फैलियो । बुझ्यौँ ? कमला : बुझेँ । हामीलाई त यसले के राम्रो गर्यौ त ? विमला : ल । कलकारखानाले सामान धेरै बनाउँछ, सस्तो बनाउँछ, राम्रो बनाउँछ । हामीले लगाउने गरेका धेरै जसो वस्तु कलकारखानाबाट नै बनेका हुन् । तिमी पनि भनन, केही त ? कमला : औद्योगिक क्रान्तिले गर्दा रोजगारी बढ्यो । देशहरूले बढी सामान निर्यात गरी आम्दानी बढाए । आज हेरौँ त । औद्योगिक देशहरु प्राय: सबै सम्पन्न छन् । यसबाट अरु पनि केही प्रभाव पर्यो र ? विमला : पर्यो नि । सहर बजार बढे । यातायात र सञ्चारको विकास भयो । सुख सुविधाका सामान बढे । हाम्रो जीवन कति सहज भएको छ । घरमै बसी संसार भरिका घटना हेर्न पाइन्छ । होइन त ? कमला : हुनलाई त हो नि । तर, हामीले प्राकृतिक वातावरण विगार्यौ । हाम्रो मौलिक संस्कृति हराउँदै छ । विदेशी संस्कृतिको प्रभाव बढ्दैछ । ससाना कुरामा पनि श्रमिकहरुबाट बन्द, हड्ताल, चक्का जाम जस्ता काम हुन थाल्यो । समाजमा शान्ति शान्ति भनेर खोज्नुपर्ने बेला आइसक्यो । होइन त ? विमला : हुनलाई त हो । तर, उन्नति पनि भयो नि । स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा कति प्रगति भएको छ । उद्योगकोविकासले कतिपयले रोजगारी पाएका छन् । उद्योगले व्यापारको विकासमा सघाएको छ । मानिसहरूको जीवनस्तरमा गुणात्मक सुधार आएको छ । औद्योगिक क्रान्ति मानिसको विभिन्न क्षेत्रमा परिवर्तन ल्याएको छ । होइन र ? कमला : हो नि । (ल आजलाई यति नै, बाँकी भोली गरौँला । हिडौ ।)
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।
2.)तपाइँको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा भौगोलिक कारणहरू के के जिम्मेवार होलान्‌, खोजी गरी प्रतिवैदन तयार पार्नुहोस्‌।
3.)अमेजन वेंसीमा बाक्लो जङ्गल पाइन्छ ?
4.)भूमध्यरेखीय क्षेत्रमा पातलो बस्ती पाइन्छ।
5.)टायगा प्रदेशमा कागज बनाउने काम गरिन्छ ।
6.)ऊँटलाईं मरुभूमिको जहाज भनिन्छ ।
7.)प्रेरिजलाई विश्वकै अन्न भण्डार भनिन्छ ।
8.)अष्ट्रेलियाले ऊन निर्यात गर्छ ।
9.)भूमध्यसागरीय क्षेत्रलाई विश्वको बगैँचा भनिन्छ ।
10.)उष्णतृण भूमि क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ।