Search answer for your unanswered questions.

Class : 11
Unit : कृषियुगको सुरुवात र विकास


कृषि युगको विकाससँगै समाजमा असमान वर्गहरू विकास हुँदै गएको प्रसङ्गलाई जोड्दै वर्तमान समयमा विकासले ल्याएको सामाजिक असमानताको व्याख्या गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कृषि युगको विकाससँगै जमिनको महत्त्व बढ्यो । जति बढी जमिन भयो, उति बढी उत्पादन लिन पाइने भयो । बढी उत्पादनको अर्थ बढी सुखसुविधा प्राप्त हुनु । यसरी यस युगमा बढी जमिन ओगट्ने प्रतिस्पर्धा चल्यो । केहि टाठाबाठाहरुले अरूको तुलनामा बढी जमिन ओगट्न सफल भए । कतिपयले थोरै जमिन पाए । कतिले पाएनन् । जमिनमा खेतीपाती गर्ने प्रमुख साधन मानवीय श्रम थियो । जोसँग थोरै जमिन थियो वा जमिन थिएन, उनीहरु बढी जमिन भएका मानिसहरु कहाँ काम गरी गुजारा गर्ने गर्थे । यसप्रकार कृषि युगमा बढी जमिन भएका जमिन्दारहरु र कम जमिन हुने वा नहुने गरिब वर्गको सृजना भयो । यी जमिनदारहरु समान्ताका रुपमा स्थापित हुँदै गए । विकासको क्रम बढ्दै गयो । श्रम विभाजनले विशिष्टता पायो । समाजमा राजनैतिक चेतनाको विकासले राजा रजौटाहरुको शासन पद्धति विकास भयो‌ । श्रम विभाजनले गर्दा समाजमा व्यापारी, शिल्पकर्मी, सिपाही, पुजारी, शासक, शासकीय कर्मचारीहरु आदि जस्ता विभिन्न प्रकारका वर्गहरु देखा परे । केही सीमित व्यक्तिहरुले प्रशस्त आय गर्न सफल भए र उनीहरुको सम्पन्न भए । कोहीले उचित अवसर पाएनन् । स्रोत र साधनमा पहुँच पुगेन । उनीहरु निर्धन भए । यो विकासको क्रमले हाल समाजमा धनी, गरिब, भूमिपति, भूमिहीन, किसान, मजदूर, निर्धन, पुँजीपति आदि वर्गहरूको उत्पत्तिले सामाजिक असमान्ता ल्याएको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।
2.)विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।
3.)विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसह
4.)भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।
5.)तपाइँको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा भौगोलिक कारणहरू के के जिम्मेवार होलान्‌, खोजी गरी प्रतिवैदन तयार पार्नुहोस्‌।
6.)अमेजन वेंसीमा बाक्लो जङ्गल पाइन्छ ?
7.)भूमध्यरेखीय क्षेत्रमा पातलो बस्ती पाइन्छ।
8.)टायगा प्रदेशमा कागज बनाउने काम गरिन्छ ।
9.)ऊँटलाईं मरुभूमिको जहाज भनिन्छ ।
10.)प्रेरिजलाई विश्वकै अन्न भण्डार भनिन्छ ।