Search answer for your unanswered questions.

Class : 11
Unit : मानव समाजको विकासक्रम


नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नवपाषाण युग मध्यपाषण युगभन्दा केही बढी विकसित थियो । यो कालखण्डमा ढुङ्गाकै औंजार बनाइए तापनि केही बढी पालिस गरेर चिल्लो बनाइएको हुन्थ्यो । चेतनाको स्तर बढ्दै गएकोले ढुङ्गाका पनि परिस्कृत औँजारहरूको निर्माणले कृषि विकासलाई सघाउ पुर्यायो । कृषि कार्यले गर्दा मानिसलाई अब आफूले परिश्रम गरेको ठाउँलाई रेखदेख गर्न बाध्य बनायो । मानिसले घुमन्ते र सिकारी जीवनको सट्टा स्थायी बसोबास गर्ने कार्य सुरु गरे । यसबाट मानिसलाई पशुपालनमा पनि प्रेरणा दियो । ‌ कृषिका लागि श्रम साधन जुटाउन तथा मासुजन्य खाद्य पदार्थको सुनिश्चितताका लागि जङ्गली जनावरलाई समातेर पाल्ने क्रम सुरु गरिएको थियो । कपडा लगाउने बानीको विकास भयो । खेतीका लागि बढी जग्गा ओगट्ने क्रमले व्यक्तिगत सम्पत्तिको महत्त्व बढायो । समाजमा धार्मिक संस्कार संस्थागत हुँदै गए । राजनैतिक चेतनाको विकासले राजा रजौटाको शासन पद्धतिको विकास भयो । यसरी यो कालखण्डमा मानिसहरु घुमन्ते र शिकारी जीवनबाट स्थायी बसोबास गरी कृषि तथा पशुपालन गर्ने कार्य गरी जीवनशैली परिवर्तन गरेकाले यस युगलाई क्रान्तिकारी युग भनिएको हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो ? यो किन ल्याइएको हो ? प्रष्ट पार्नुहोस्‌ ।
2.)मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ ।
3.) मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ ।
4.) समुद्री किनारमा ठुला सहरहरू रहेका छन् ।
5.)इटली र ग्रिसमा फलफूल खेती गरिन्छ।
6.) हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेंसीतर्फ झरिरहेका छन् ।
7.)गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।
8.)विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।
9.)विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसह
10.)भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।