Search answer for your unanswered questions.

Class : 11
Unit : मानव जैविकीय उत्पत्ति र विकासक्र


मानवको जैविकीय उदविकासको छोटो परिचय लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पृथ्वीमा रहेका सबै जीवजन्तुहरु जैविक उदविकास प्रक्रियाबाट उत्पत्ति भई क्रमिक रुपमा विकसित भई आजको अवस्थामा आइ पुगेका हुन् । मानव जातिको उत्पत्ति पनि यस्तै जैविकीय उदविकासको प्रक्रियाबाट भएको मानिन्छ । वैज्ञानिक अध्ययनबाट मानवका पुर्खा बाँदर वा नरबानर नभई नरबानर जस्तै देखिने जीवबाट उत्पत्ति भएको पत्ता लागेको छ । नरबानर जस्तै देखिने पुर्खाबाट उदविकास भई क्रमिक रुपमा मानवको रुप विकसित भएको प्रक्रियालाई नै मानवको जैविकीय उदविकास भनिन्छ । वैज्ञानिकहरुका अनुसार आजभन्दा करिब ६० लाख बर्ष अगाडी पुच्छर नभएका, ठाडो जीउडाल, ठूलो मष्तिस्क र दुई खुट्टाले हिड्न सक्ने नर बानरबाट क्रमिक रुपमा विकास गरी परिष्कृत भई आजको मानव यो अवस्थामा आइपुगेको मानिन्छ । खोज र अनुसन्धानले उहिलेका सहेला थ्रोपस, ओंरिरीन र आर्डिपिथेकस नर बानरका अवशेषमा आजका मानिसहरुमा हुने होमीनिडका विशेषताहरु पाइएको छ । यीमध्ये आर्डिपिथेकसलाई पहिलो होमीनिड मानिएको छ । मनावले जैविकीय उदविकास प्रक्रियाद्वारा आफ्ना पुर्खा नरबानर जस्तै देखिने जीवबाट विभिन्न चरणहरु क्रमशः पार गर्दै अहिलेको हाम्रो जतिको सेपियन्स प्रजातिमा आइपुगेका छन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)मानवका आधारभूत सामाजिक आवश्यकताहरु के के हुन् , उल्लेख गर्नुहोस् ।
2.)परियोजना कार्य 1. तपाइँको समुदायका विशेषताहरू खोजी गरी कक्षामा प्रस्तुत गर्नुहोस्‌ ।
3.)विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरु भएको गौरवशील देशका रुपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरु र थप बुँदाहरु समेटेर पुष्टि गर्नुहोस् ।
4.) ‘भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको हुन्छ‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
5.)वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।
6.)वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।
7.)साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस्‌ र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्‌।
8.)भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस्‌ ।
9.)प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन्‌ । कसरी ? पुष्टि गर्नुहोस्‌ ।
10.)जलवायु परिवर्तनका असरहरू देखा पर्ने के के कारणहरू हुन सक्लान्‌ ? छोटो विवरण दिनुहोस् ।