Search answer for your unanswered questions.

Class : 11
Unit : तनाव व्यवस्थापन


तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । के तपाईं यस भनाइसँग सहमत हुनुहुन्छ, आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : तनाव विभिन्न कारणहरुबाट सृजना हुन सक्छ । बढी कामको बोझ, होहल्ला, भीड, बिरामी, दुर्घटना, हानिनोक्सानी आदि कारणहरुले सम्बन्धित व्यक्तिमा तनाव उत्पन्न हुन सक्छ । तनाव हुनु ठूलो कुरा होइन, तर निराकरण गर्नु ठूलो कुरा हो । व्यक्ति व्यक्तिमा तनाव सृजना हुने फरक फरक कारण हुन सक्छन् । त्यसरी नै तनाव व्यवस्थापन गर्ने तरिका पनि व्यक्ति अनुसार फरक हुन सक्छ । तनाव व्यवस्थापन गर्न पहिले तनावका कारक तत्त्वहरू पहिचान गरी ती कारक तत्त्वहरू निराकरण गर्ने उपाय पहिल्याउनु पर्छ । व्यक्तिको मानसिक र शारीरिक अवस्थालाई सन्तुलित बनाउने उपाय गर्नुपर्छ । मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्य एक अर्कासँग सम्बन्धित हुन्छन् । मनमा आघात परे सोको प्रभाव शरीरमा पनि देखापर्छ । शरीरमा आघात परे मनमा पनि प्रभाव परेको अनुभव गर्न सकिन्छ । विरामी भएको व्यक्तिको मनोदशा स्वस्थ व्यक्ति मनोदशाभन्दा भिन्न हुन्छ । समयतालिका बनाई काम गर्ने, योग र ध्यान र सहभागी हुने, अरु साथीभाइ तथा परिवारका मानिसहरूसँग घुलमिल गर्ने, सन्तुलित खानपान, व्यायाम आदिबाट स्वस्थ जीवनशैली अनुसरण गर्ने, जीवन निर्वाहका लागि पेशागत दक्षता हासिल गर्ने पेशा अवलम्बन सगर्ने, मिलनसार बनी काम गरेमा बढि मात्रामा तनाव व्यवस्थापन गर्न सकिन्छ । उपाय भन्न र सूचीबद्ध गर्न सजिलो छ, यसलाई अवलम्बन गर्न कठिनाई पर्न सक्छ । आर्थिक, पारिवारिक, सामाजिक, मनोविज्ञानिक, शारीरिक आदि तत्वहरुले अवरोध उत्पन्न हुन सक्छ । यसैले तनाव व्यवस्थापन कार्यलाई बढी महत्त्वपूर्ण भनिएको हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)मध्यपाषाण जीवनशैलीको छोटो विवरण दिनुहोस्‌ ।
2.) पुरापाषाण जीवनशैलीको छौटो बिवरण दिनुहोस्‌।
3.) ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।‘ तर्क दिनुहोस् ।
4.)‘कृषि युग व्यवस्थित बसोबास र सभ्य विकासको जग हो ।’ पुष्टि गर्नुहोस् ।
5.)मेसोपोटामियाको कृषि क्रियाकलापका बारेमा छोटो चर्चा गर्नुहोस् ।
6.) कृषि युगको विकाससँगै समाजमा असमान वर्गहरू विकास हुँदै गएको प्रसङ्गलाई जोड्दै वर्तमान समयमा विकासले ल्याएको सामाजिक असमानताको व्याख्या गर्नुहोस् ।
7.)तपाईँको समुदायमा प्रचलित कृषि क्रियाकलापहरूको खोजी गरी मुख्य मुख्य क्रियाकलाप र त्यसले समाजमा पारेको प्रभाव समेटी एक प्रतिवेदन तयार गर्नुहोस्‌ ।
8.)पुँजीवादी व्यवस्था र सामान्तवादी व्यवस्थाबिचको फरक छुट्याउनुहोस् l
9.)युरोपको औद्योगिक क्रान्ति र यसले मानव समाजमा पारेको प्रभाव उल्लेख गर्दै एक संवाद तयार गर्नुहोस् ।
10.)पुँजीवादी समाज र औद्योगिक करणबिचको सम्बन्ध प्रस्ट पार्नुहोस् ।