Search answer for your unanswered questions.

Class : 11
Unit : डिजिटल साक्षरता


कम्प्युटर हार्डवेयरलाई उदारहणसहित वर्गीकरण गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कम्प्युटरका भौतिक यन्त्रहरु, जुन विद्युतीय शक्तिबाट चल्छन् । तिनीहरूलाई हार्डवेयर भनिन्छ । हार्डवेयरलाई इन्पुट उपकरण, प्रशोधन उपकरण, आउटपुट उपकरण र भण्डारण उपकरण गरी चार भागमा बाँडिएको छ : i) कम्प्युटरमा कुनै तथ्याङ्क वा निर्देशन प्रविष्ट गराउन प्रयोग हुने उपकरणलाई इन्पुट उपकरण भनिन्छ । जस्तै : माउस, किबोर्ड, क्यामेरा, माइक्रोफोन आदि । ii) कम्प्युटरमा प्रविष्ट भएका कुनै तथ्याङ्कलाई निर्देशन अनुसार गणना वा प्रशोधन गर्न प्रयोग गरिन्छ l त्यसलाई प्रशोधन उपकरण भनिन्छ । जस्तै: Central Processing Unit (CPU). iii) कम्प्युटरमा भएका कुनै तथ्याङ्क सूचनालाई देखाउन प्रयोग हुने उपकरणहरुलाई आउटपुट उपकरण भनिन्छ । जस्तै: मोनिटर, प्रोजेक्टर, स्पिकर, प्रिन्टर आदि । iv) कम्प्युटरमा भएका कुनै तथ्यांकलाई वा सूचनालाई लामो समयसम्म सुरक्षित राखी आवश्यक परेको समय पुन: प्रयोग गर्न उपलब्ध गराउने उपकरणलाई भण्डारण उपकरण भनिन्छ। जस्तै: सि.डी., हार्डडिस्क, पेनड्राइभ, आदि ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)प्रभावकारी सञ्चारका अवरोधहरु उल्लेख गर्नुहोस् ।
2.)प्रभावकारी सञ्चारका माध्यमहरु उल्लेख गरी तिनीहरुले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस् ।
3.)प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
4.)माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?
5.)तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ ?
6.)तनाव व्यवस्थापनमा योग र ध्यानले पुर्याउने फाइदा के के हुन् ?
7.) ‘तनाव व्यवस्थापनमा ज्ञानहरिले अपनाएका रणनीतिहरु वास्तवमा सकरात्मक छन् ।‘
8.)तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । के तपाईं यस भनाइसँग सहमत हुनुहुन्छ, आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस् ।
9.)द्वन्द्व भनेको के हो ?
10.)द्वन्द्वको परम्परागत र आधुनिक अवधारणाबिच के फरक छ ?