Search answer for your unanswered questions.

Class : 11
Unit : स्थानीय, औपचारिक र अनौपचारिक कारोबार


कारोबार भनेको के हो ? स्थानीय कारोबार, अनौपचारिक कारोबार, तथा औपचारिक कारोबारको परिभाषा दिनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : वस्तु वा सेवा खरिद बिक्री गर्ने कार्यलाई कारोबार भनिन्छ । स्थानीय स्तरमा उत्पादन भएका वस्तु वा सेवाको स्थानीय स्तरमा खरिद बिक्री गर्ने कार्यलाई स्थानीय कारोबार भनिन्छ । जस्तैः लुगा सिलाउने, कृषि औजार बनाई बिक्री गर्ने, माटाका भाडा बनाई बिक्री वितरण गर्ने, हाटबजारमा स्थानीय उत्पादन बिक्री गर्ने आदि । कुनै सरकारी तहमा दर्ता नभई लुकी चोरी गरिएको कारोबारलाई अनौपचारिक कारोबार भनिन्छ । जस्तैः सिमापारीबाट भन्सार नतिरी सामान ल्याएर बिक्री गर्ने, जुवातास खेलाउने, लागू औषधि बिक्री वितरण, घरमै तमसुक बनाई पैसाको लेनदेन गर्ने आदि । कुनै पनि सरकारी तहमा दर्ता गरी सञ्चालन गरेको व्यवसायलाई औपचारिक कारोबार भनिन्छ । यस्ता व्यवसायले स्थानीय तह बा केन्द्रीय सरकारलाई कानुन बमोजिमको कर तिरेका हुन्छन् । जस्तैः ढाका उद्योग, फर्निचर उद्योग, पसलहरू, सेवा व्यवसाय आदि ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।
2.)निरोधात्मक, प्रबर्द्धनात्मक र उपचारात्मक आदि स्वास्थ्य सेवाको परिचय दिनुहोस् ।
3.)स्वास्थ्य सेवामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका प्रष्ट पार्नुहोस् ।
4.)शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् ।
5.)‘स्वस्थ जीवनशैलीमा खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
6.)स्वस्थ जीवनशैलीका उपायहरूको सूची बनाउनुहोस् ।
7.) सामाजिक जीवनलाई सन्तुलित उपायहरूको सूची बनाउनुहोस् ।
8.)जीवनशैली भनेको के हो ?
9.)किशोरावस्थाको परिचय दिनुहोस् ।
10.)किशोरावस्था जीवनको महत्त्वपूर्ण अवस्था हो, किन?