Search answer for your unanswered questions.

Class : 11
Unit : उमेर संरचनाको सङ्क्रमण र जनसाङ्ख्यिक लाभांशको उपयोग


जनसाङ्ख्यिक सङ्क्रमण र उमेर संरचनाको सङ्क्रमणको छोटो परिचय लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : समय परिवर्तन हुँदै जाँदा समाजमा आर्थिक तथा सामाजिक विकास पनि हुँदै जान्छ । यसले गर्दा जन्मदर र मृत्युदरमा परिवर्तन हुन्छ । अशिक्षित ग्रामीण समाजमा भएको उच्च जन्मदर, उच्च मृत्युदर क्रमिक विकासले गर्दा जनसङ्ख्या वृद्धिका केही अवस्था पार गर्दै न्यून जन्मदर र न्यून मृत्युदरको अवस्थातिर अग्रसर हुन्छ । यिनै जनसाङ्ख्यिक घटना ( जन्म र मृत्यु ) का प्रभावले गर्दा जनसङ्ख्या वृद्धिदर एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुँदै जान्छ । यही प्रकृयालाई जनसाङ्ख्यिक सङ्क्रमण भनिन्छ । विकासको फलस्वरूप उच्च जन्मदर र मृत्युदरको अवस्थाबाट न्यून जन्मदर र न्यून मृत्युदरको अवस्थामा अग्रसर भइरहेको जनसङ्ख्याको परिवर्तन नै जनसाङ्ख्यिक सङ्क्रमण हो। उमेर वा उमेरसमूह अनुसार जनसङ्ख्याको वितरणलाई जनसङ्ख्याको उमेर संरचना भनिन्छ । उच्च मृत्युदर र उच्च प्रजननदरको अवस्थाबट न्यून मृत्युदर र न्यून प्रजननदरको जनसाङ्ख्यिक सङ्क्रमणले उमेर संरचनामा प्रत्यक्ष प्रभाव पार्छ । त्यस्तो अवस्थामा जनसङ्ख्याको सङ्क्रमण सानो उमेरबाट ठूलो उमेर संरचनामा परिवर्तन हुन्छ । यो प्रकृयालाई उमेर संरचनाको सङ्क्रमण भनिन्छ । यसमा बाल आश्रित जनसङ्ख्याबाट आर्थिक रूपले सक्रिय जनसङ्ख्यामा र आर्थिक रूपले सक्रिय जनसङ्ख्याबाट वृद्ध आश्रित जनसङ्ख्यामा परिवर्तन हुन्छ । उमेर संरचनाको सङ्क्रमणलाई तीन चरणमा विभाजन गरिन्छ । पहिलो चरणमा मृत्युदर घट्छ तर प्रजननदर बढ्छ । सामाजिक र आर्थिक विकासले गर्दा स्वास्थ्य अवस्थामा सुधार आउनाले मृत्युदर घट्छ । तर मानिसहरू सन्तानलाई पूँजी सम्झने भावना कम भएको हुँदैन । जति सन्तान भए उति नै कमाइ बढ्छ भन्ने भावनाले प्रजननदर उच्च नै रहन्छ । सामाजिक तथा आर्थिक विकासले मानिसको जीवनस्तरमा सकारात्मक परिवर्तनले सानो परिवारतिर आकर्षण बढ्छ र प्रजननदर घट्छ यसबाट बालबालिकाको सङ्ख्या घट्छ र बच्चा जन्माउन सक्ने र काम गर्न सक्ने उमेरको जनसङ्ख्या बढ्छ । त्यसै गरी तेस्रो अवस्थामा प्रजननदर घट्दो अवस्थामा यथावत् रहे बालबालिका र वयस्कको सङ्ख्यामा कमी आउँछ र वृद्धवृद्धाको सङ्ख्या बढ्छ । त्यसैले उमेर संरचनाको सङ्क्रमण एक लामो प्रकृया हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) ‘अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्र डामाडोल हुन्छ र सामाजिक अस्थिरता पैदा हुन्छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।
2.) तलको तालिका भर्नुहोस् : स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय अनौपचारिक कारोवारलाई नियन्त्रण गर्ने उपाय औपचारिक कारोवारलाई व्यवस्थित गर्ने उपायहरू
3.)औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन ?
4.) स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्दछ ?
5.) कारोबार भनेको के हो ? स्थानीय कारोबार, अनौपचारिक कारोबार, तथा औपचारिक कारोबारको परिभाषा दिनुहोस् ।
6.)स्थानीय कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस् ।
7.)अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
8.)औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
9.)स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।
10.) “नेपालमा कृषि र उद्योग एकअर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।