Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा निर्वाचन प्रणाली


नेपालमा निर्वाचनमा मतपत्र बदर भएको कुरा सुनिन्छ, यस्तो किन भयो होला ? कारण खोज्नुहोस् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालमा निर्वाचनमा कतिपय मतपत्र बदर भएको सुनिन्छ । नेपालमा शिक्षित प्रतिशत कम छ । शिक्षाको कमीले गर्दा राजनैतिक चेतनाको पनि कमी छ । यसकारण निर्वाचनमा मतपत्र बदर हुन्छन् । यसका केही कारणहरू निम्न हुन सक्छन्- – मतपत्रमा उम्मेदवारको नाम अङ्कित कोठाको घेरा बाहिर छाप लाएमा, – मतपत्रमा उम्मेदवारको कोठाको धर्का छोएमा, – मतपत्रमा उम्मेदवारको अगाडि छापको सट्टा बुढी औंलाको छाप लाएमा, – मतपत्रको दुई उम्मेदवारको कोठाको बिचमा छाप लाएमा, – मतपत्रको दुई उम्मेदवारको कोठाको बिचमा छाप लाएमा, – मतपत्रमा लगाएको छाप अस्पष्ट भए, वा मसी पोतिएमा, – मतपत्रमा मतदान अधिकृतको सही नभएको भएमा, – मतपत्रमा स्वस्तिक बाहेक अन्य छाप लाएमा, यसलाई नियन्त्रण गर्न निम्न उपायहरू गर्नुपर्ला:- – जनतालाई शिक्षित तुल्याउनु पर्छ । शिक्षित व्यक्तिले कसरी छाप लगाउनुपर्छ भन्ने जानकारी हुन्छ । – कम पढेलेखेका ठाउँमा नक्कली चुनाव गराई छाप लगाउने तरिका सिकाउन सकिन्छ । – चुनाव हुनुभन्दा अगाडि पर्चा, पोष्टर, टि.भी., अखबारमार्फत् मतदाताहरूलाई मतदान गर्न सिकाउनु पर्छ । – राजनैतिक दलका कार्यकर्ताहरूले यसबारेमा सचेतना वृद्धि गर्न सक्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)विकास भनेको के हो ? प्रष्ट पार्नुहोस् ।
2.)जनसङ्ख्याको स्थिति भन्नाले के बुझिन्छ ?
3.)जनसङ्ख्याको आकार र वृद्धि भन्नाले के बुझिन्छ ?
4.) सक्रिय जनसङ्ख्या भनेको के हो ?
5.)जनसाङ्ख्यिक सङ्क्रमण र उमेर संरचनाको सङ्क्रमणको छोटो परिचय लेख्नुहोस् ।
6.)जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई कसरी प्रभाव पार्दछ, आफ्नो विचार लेख्नुहोस् ।
7.)जनसाङ्ख्यिक लाभांश र जनसायिक असरको पालबिचको सम्बन्ध आफ्नै शब्दमा व्याख्या गर्नुहोस् ।
8.)जनसङ्ख्या सङ्क्रमणको कस्तो अवस्थालाई जनसङ्ख्या विस्फोटको अवस्था भनिन्छ ?
9.) उमेर संरचनाको सङ्क्रमणले आश्रितवरमा पार्ने प्रभावको छोटो विश्लेषण गर्नुहोस्।
10.)जनसङ्ख्या व्यवस्थापन भनेको के हो, यसको महत्त्व आफ्नै शब्दमा वर्णन गर्नुहोस् ।