Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा निर्वाचन प्रणाली


समानुपातिक निर्वाचन पद्धतिको छोटो विवरण दिनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रत्यक्ष निर्वाचनमा बहुमतको कदर हुन्छ । अल्पमतको कदर हुँदैन । निर्वाचनमा मतदाताहरूले आ-आफ्नो रुचिअनुसारको उम्मेदवारलाई मत दिन्छन् । सबभन्दा बढी मत ल्याउनेले जित्छ। अरूहरूको हार हुन्छ । अन्य उम्मेदवारहरूलाई पनि मत दिइन्छ । ती मतहरूको पनि कदर हुनुपर्छ भनी समानुपातिक प्रणाली ल्याइएको हो । यो निर्वाचन पद्धतिमा मतदाताहरूले आफूले रोजेको दललाई मत दिन्छन् । प्रत्येक राजनैतिक दलले आफ्नो दलबाट हुने उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा दिएका हुन्छन् । निर्वाचनमा प्रत्येक दलले ल्याएको मतको अनुपातमा उम्मेदवारहरूको चयन हुन्छ । यस्तो सूचीहरू बन्द, खुल्ला वा स्वतन्त्र कुनै पनि हुनसक्छ । नेपालमा बन्द सूचीको प्रयोग गरिएको छ यो निर्वाचन पद्धतिमा प्रत्यक्ष निर्वाचनमा कुनै राजनैतिक दलबाट उम्मेदवारले जीत हासिल नगरेपनि मतको अनुपातमा समावेशीमा उम्मेदवारको चयन हुनसक्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) ‘नेपालको बाग्मती प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या र कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या हुनुको कारण पत्ता लगाउनुहोस्।
2.)विकास भनेको के हो ? प्रष्ट पार्नुहोस् ।
3.)जनसङ्ख्याको स्थिति भन्नाले के बुझिन्छ ?
4.)जनसङ्ख्याको आकार र वृद्धि भन्नाले के बुझिन्छ ?
5.) सक्रिय जनसङ्ख्या भनेको के हो ?
6.)जनसाङ्ख्यिक सङ्क्रमण र उमेर संरचनाको सङ्क्रमणको छोटो परिचय लेख्नुहोस् ।
7.)जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई कसरी प्रभाव पार्दछ, आफ्नो विचार लेख्नुहोस् ।
8.)जनसाङ्ख्यिक लाभांश र जनसायिक असरको पालबिचको सम्बन्ध आफ्नै शब्दमा व्याख्या गर्नुहोस् ।
9.)जनसङ्ख्या सङ्क्रमणको कस्तो अवस्थालाई जनसङ्ख्या विस्फोटको अवस्था भनिन्छ ?
10.) उमेर संरचनाको सङ्क्रमणले आश्रितवरमा पार्ने प्रभावको छोटो विश्लेषण गर्नुहोस्।