Search answer for your unanswered questions.

Class : 11
Unit : लोकतन्त्र


विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : विश्वमा विभिन्न मुलुकमा लोकतान्त्रिक आन्दोलनहरू भए । देश अनुसारका कारणहरू फरक फरक हुन सक्छन् तापनि केही कारणहरू मोटामोटी रूपमा समान देखिन्छन् । ती हुन्: i) निरङ्कुश शासन:- कतिपय देशमा प्रचलित शासन व्यवस्थाले जनताको हकहितलाई कुण्ठित पारेको थियो । शासकको स्वेच्छाकारी शासनले जनतालाई पीरमार्का परेको थियो । जनताले अत्यावश्यक मानव अधिकारको उपयोग गर्न पाएका थिएनन् । शासकलाई सङ्का लागे, मन नपरे वा गुनासो पोखेमा कठोर सजाय भोग्नु पर्थ्यो । निरङ्कुश शासन असह्य भएपछि जनता सङ्गठित भई लोकतन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए । रुसमा जारको निरङ्कुश शासन, फ्रान्समा लुई सोहौं को निरङ्कुश शासन, बेलायतको गौरवमय क्रान्ति, नेपालमा राणाहरूको निरङ्कुश शासन विरुद्ध यसैकारण लोकतान्त्रिक आन्दोलन भए। ii) उपनिवेशवाद:- युरोपीय औद्योगिक मुलुकहरूले विशवमा कतिपय स्थानमा उपनिवेश खडा गरेका थिए । ती उपनिवेशहरूमा जनतालाई कुनै मौलिक हक थिएन । देशको आर्थिक तथा राजनैतिक शोषण हुन्थ्यो । नयाँ विचार तथा अवधारणा शासकको पक्षमा नभए त्यसलाई दमन गरिन्थ्यो । उपनिवेशको आर्थिक उन्नतिभन्दा शासकहरू आफ्नो देशको आर्थिक उन्नतिमा बढी ध्यान दिन्थे। यसैले औपनिवेशिक शासनबाट आजित भई जनता सङ्गठित भएर शासक देशका विरुद्ध प्रजातन्त्रका लागि जनआन्दोलन गरे । संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता सङ्ग्राम, भारतको स्वतन्त्रता सङ्ग्राम, श्रीलङ्काको स्वतन्त्रता सङ्ग्राम आदि यसैका उदाहरणहरू हुन् । iii) शिक्षाको प्रचार:- परम्परागत शिक्षापद्धतिको सट्टा नयाँ शिक्षा पद्धतिको विकासले शिक्षाको प्रचार भयो । अङ्ग्रेजी साहित्यका पुस्तकहरू अन्य स्थानीय भाषामा अनुवाद गरिए । अन्य भाषाका पुस्तकहरूले पनि जनतामा चेतनाको सञ्चार भयो । शिक्षाको प्रचार प्रसारले जनताहरू आफ्ना अधिकारप्रति सचेत भए । देशमा भएको निरङ्कुश शासन विरुद्ध सङ्गठित हुन शिक्षा प्रेरणा दियो । नेपालमा राणा शासनको विरुद्धमा जनआन्दोलन गर्न शिक्षाको प्रचारले पनि सघायो । iv) विदेशी घटनाको प्रभाव:- अन्य देशमा भएका जनआन्दोलनको प्रभावले पनि अन्य देशमा जनआन्दोलन गर्न प्रेरित गर्यो । अमेरिकी स्वतन्त्रता सङ्ग्राममा सहभागी भई फ्रान्स फर्केका फ्रान्सेली सिपाहीहरूले नेपालमा पनि राणाशासन विरुद्ध चलेको आन्दोलनलाई भारतीय नेताहरूले नैतिक समर्थन दिएका थिए । विटिश शासनकालमा भारतबाट पाएको सहयोग राणाहरूले अब पाएनन् । वि.स. २००७ मा राजा त्रिभुवन, राणा र नेपाली काङ्ग्रेसबिच त्रिपक्षीय सम्झौता भएपछि राणाशासन समाप्त भयो। v) जनअधिकार:- प्रत्येक देशका नागरिकहरूले सरकारबाट केही अपेक्षा राखेका हुन्छन् । देशमा कल्याणकारी राज्य होस्, जनताले सुखसुविधाको अनुभूति गर्न पाऊन्, थिचोमिचो, शोषण नहोस्, निष्पक्ष न्याय प्रणाली होस्, हिंसात्मक गतिविधि नहोस्, शान्ति वहाल होस्, रोजगारीको सुविधा होस्, मनमा लागेका रचनात्मक कुरा बोल्न तथा लेख्न पाइओस् आदि । यस्ता जनताका मानव अधिकारमाथि प्रहार भएमा जनताहरू आन्दोलित हुन्छन् । नेपालमा वि.सं. २०४६ र वि.सं. २०६२/६३ मा भएका जनआन्दोलनहरू यसैका परिणाम हुन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पहिलो हुने निर्वाचन प्रणाली कस्तो निर्वाचन प्रणाली हो ? प्रष्ट पार्नुहोस् ।
2.)समानुपातिक निर्वाचन पद्धतिको छोटो विवरण दिनुहोस् ।
3.)नेपालमा निर्वाचनमा मतपत्र बदर भएको कुरा सुनिन्छ, यस्तो किन भयो होला ? कारण खोज्नुहोस् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
4.)राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कसरी हुन्छ ?
5.)राष्ट्रिय सुरक्षाको परिचय दिनुहोस् ।
6.)राष्ट्रियता प्रवर्धन गर्ने उपायहरूको सूची तयार पार्नुहोस् ।
7.)राष्ट्रिय सुरक्षाका चुनौतीहरू के के हुन् ?
8.)नेपालको संविधानअनुसार नेपाल राष्ट्रको परिभाषा दिनुहोस् ।
9.) नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिहरू उल्लेख गर्नुहोस् ।
10.)अभ्यास ‘बस्ती भनेको के हो, बस्तीको बगीकरणका आधारहरू लेख्नुहोस् ।