Search answer for your unanswered questions.

Class : 11
Unit : औद्योगिक क्रान्ति


उपनिवेशको सुरुआत र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : औद्योगिक क्रान्तिले साम्राज्यवादलाई प्रोत्साहन गर्यो । उद्योगधन्दाको विकास युरोपीय देशहरूमा भएको थियो । यसको सुरुवात बेलायतबाट भयो । सुती कपडाबाट सुरु भई अन्य उद्योगहरूको पनि स्थापना हुँदै गयो । युरोपमा कपास फल्दैन । उद्योगका लागि निरन्तर कपासको आवश्यकता थियो । भारत तथा अफ्रिकी देशहरूबाट कपास ल्याउनुपर्थ्यो । उद्योगहरूलाई उत्पादन बेच्ने समस्या आयो । यसका लागि बजारको आवश्यकता पर्यो । यसैले युरोपका देशहरूले अब कम विकसित देशहरूमाथि आँखा लगाउन थाले । बेलायतले सबैभन्दा पहिले अफ्रिकामा उपनिवेश स्थापना गर्यो। यसपछि अन्य देशहरू पनि आए । जति धेरै उपनिवेश उति बढी मात्रामा कोरा मालको प्राप्ति र उत्पादित वस्तु बेच्न बजारको सुविधा हुने । यी प्रमुख कारणले गर्दा उपनिवेश स्थापनाको सुरुआत भयो । बेलायतले एसिया, अफ्रिका तथा अमेरिकी महादेशमा साम्राज्य स्थापना गर्यो । फ्रान्स, पोचुर्गल, डच आदि देशहरू पनि यसका पछि लागे । उपनिवेशको प्राकृतिक सम्पदाको उपयोग गरी आफ्नो देशका उद्योग चल्ने भए । देशका जनतालाई रोजगारीको अवसर प्राप्त भयो। यसबाट आर्थिक लाभ प्राप्त भयो । उपनिवेशबाट सस्तोमा श्रम शक्तिको प्राप्ति भयो । उपनिवेशहरूबाट सस्तो मजदुरहरूको प्राप्तिले उद्योग चलाउन कठिनाई भएन । औद्योगिक क्रान्तिले युरोपीय देशहरूलाई सम्पन्न बन्न ठूलो मद्दत मिल्यो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)मतदाता भनेको के हो ?
2.)पहिलो हुने निर्वाचन प्रणाली कस्तो निर्वाचन प्रणाली हो ? प्रष्ट पार्नुहोस् ।
3.)समानुपातिक निर्वाचन पद्धतिको छोटो विवरण दिनुहोस् ।
4.)नेपालमा निर्वाचनमा मतपत्र बदर भएको कुरा सुनिन्छ, यस्तो किन भयो होला ? कारण खोज्नुहोस् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
5.)राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कसरी हुन्छ ?
6.)राष्ट्रिय सुरक्षाको परिचय दिनुहोस् ।
7.)राष्ट्रियता प्रवर्धन गर्ने उपायहरूको सूची तयार पार्नुहोस् ।
8.)राष्ट्रिय सुरक्षाका चुनौतीहरू के के हुन् ?
9.)नेपालको संविधानअनुसार नेपाल राष्ट्रको परिभाषा दिनुहोस् ।
10.) नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिहरू उल्लेख गर्नुहोस् ।