Search answer for your unanswered questions.

Class : 11
Unit : लोकतन्त्र


एक देशमा भएको परिवर्तनको प्रभाव अरू देशमा पनि पर्दछ भन्ने सन्दर्भलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : एउटा देशमा भएको घटनाले अर्को देशमा पनि प्रभाव पार्छ । यस्ता प्रभाव सामाजिक, राजनैतिक तथा सांस्कृतिक रूपमा पनि हुनसक्छ । अमेरिकी स्वतन्त्रता सङ्ग्राममा फ्रान्सले आफ्नो सेना अमेरिकीहरूलाई सघाउन पठायो । स.रा. अमेरिका स्वतन्त्र भएपछि फ्रान्सेली फौज फर्के । फ्रान्सेली फौजमा अमेरिकीहरूले बेलायतको औपनिवेसिक नीतिको विरुद्धमा आवाज उठाएको अनुभव गरे । फ्रान्समा त्यसबेला लुई सोह्रौंको शासन थियो। त्यसबेला जनताले कुनै अधिकार पाएका थिएनन् । सामन्तहरूको चरम शोषण थियो । यस निरङ्कुश शासन विरुद्ध जनताहरूले आन्दोलन सुरु गरे । यो आन्दोलनलाई फ्रान्सका अमेरिकी सङ्ग्रामबाट फर्केका सिपाहीहरूले नैतिक समर्थन दिए । फ्रान्समा गणतन्त्र स्थापना भयो । फ्रान्सेली राज्यक्रान्तिले दिएको स्वतन्त्रता, समानता र भातृत्वको भावनाले अन्य मुलुकहरूमा पनि निरङ्कुश शासन विरुद्ध आन्दोलन गर्न प्रेरणा दियो। भारत पनि १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भयो । यसको प्रभाव नेपालमा पर्यो । नेपालमा निरङ्कुश राणाशासनको विरुद्धमा जनताहरू सङ्गठित हुनु थाले । भारतीय नेताहरूले प्रजातन्त्रका लागि नेपालमा सङ्घर्ष गर्ने जनतालाई नैतिक समर्थन दिए । राणाहरूले पहिले ब्रिटिशहरूबाट पाइरहेको सहयोग पाएनन् । अन्तमा राणाशासन ढल्यो र नेपालमा प्रजातन्त्रको स्थापना भयो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)समानुपातिक निर्वाचन पद्धतिको छोटो विवरण दिनुहोस् ।
2.)नेपालमा निर्वाचनमा मतपत्र बदर भएको कुरा सुनिन्छ, यस्तो किन भयो होला ? कारण खोज्नुहोस् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
3.)राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कसरी हुन्छ ?
4.)राष्ट्रिय सुरक्षाको परिचय दिनुहोस् ।
5.)राष्ट्रियता प्रवर्धन गर्ने उपायहरूको सूची तयार पार्नुहोस् ।
6.)राष्ट्रिय सुरक्षाका चुनौतीहरू के के हुन् ?
7.)नेपालको संविधानअनुसार नेपाल राष्ट्रको परिभाषा दिनुहोस् ।
8.) नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिहरू उल्लेख गर्नुहोस् ।
9.)अभ्यास ‘बस्ती भनेको के हो, बस्तीको बगीकरणका आधारहरू लेख्नुहोस् ।
10.)तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।